“कन्काई सांगीतिक सौगात”मा सहयोगीहरुको नाम सार्बजनिक
सउल
झापा मिलन समाज दक्षिण कोरियाले गत सेप्टेम्बर १५ तारिख गरिएको सांगीतिक कार्यक्रममा सहयोग गर्नेहरुको नामवाली सार्वजनिक गरिएको छ । कार्यक्रमको लागी अग्रिम सहयोग गर्नुहुने , सहयोगको बचन दिनुहुने र कार्यक्रमको दिन सहयोग गर्नुहुने ब्यक्ति र संध सस्थाहरुको नाम सार्बजनिक गरिएको हो ।
कार्यक्रम कोरियाको महान चाड छुसकमा पाथिभरा हाउस दिर्घकालिन तथा ब्यबस्थित रूपमा सञ्चालन गर्ने उद्धेश्यका साथ नेपालका छ जना राष्ट्रिय स्तरका कलाकारहरूलाई आमन्त्रण गरि कोरियाको राजधानि सोलमा कन्काई सांगितिक सौगात कार्यक्रमको आयोजना गरेको थियो ।
कोरियाबासि नेपालीहरूको भब्य सहभागिता रहेको उक्त कार्यक्रमलाई सफल बनाउन समाजले कार्यक्रम हुनु अगाबैबाट आर्थिक संकलन संन्चालन गरेको थियो । सहयोग सहकार्य र सहभागिता जनाउनुहुने सबैलाई झापा मिलन समाजले हार्दिक धन्यबाद व्यक्त गरेको छ ।
छुट हुन गएका नामावलि र कार्यक्रमको आय ब्याय पनि पनि छिटै सार्बजनिक गर्ने कुरा कार्यक्रम संम्योजक राजुसन्तोषी थापाले जानकारी दिएका छन ।