ओएनएफ कोरियाको इन्छन क्षेत्रीय शाखामा विष्णु कुवरको नेतृत्व
फोनिज कोरिया संवाददाता
सउल
प्रबाशी नेपाली मन्च (ओएनएफ) दक्षिण कोरियाको गत आइतबार सम्पन्न प्रथम अधिवेशनले बिष्णु कुवरको अध्यक्षतामा १९ सदस्य कार्यसमिति निर्बिरोध चयन गरेको छ ।
त्यस्तै उपाध्यक्षमा टामलाल गौतम, कुमार काफ्ले र गगन पुन रहेका छन् भने सचिबमा जीत बहादुर बि सी , सह सचिबमा दीपक अधिकारी र कोसाध्यक्षमा नबीन राना मगर चयन भएका छन् । त्यस्तै सदस्य हरुमा योगेश बराल, प्रकाश अधिकारी , न्यूटन कार्की , कुमार थापा, शैलेश कार्की , जीवन गुरुंग , सुदर्शन पाण्डे , मीन तामाइ० रहेका छन् । ३ सदस्य पछि थप गरी नव निर्वाचित कार्यसमितीलाई सम्पूर्णर्ता दिइने छ ।
इन्छन स्थित क्याथोलिक हिग्वानमा सम्पन्न अधिवेशनले प्रेम प्रसाद पौडेलको अध्यक्षतामा ३ सदस्य निर्बाचन मण्डल (आनन्द अधिकारी , महेश ढकाल ) गठन गरि नयाँ कार्यसमिती चयन गरिएको हो ।
अधिवेशनमा ओएनएफ कोरियाको अध्यक्ष शालिकराम बसेलको नव कार्यसमितिलाई सपथ खुवाएका थिए । इन्छ्न क्षेत्रीय अधिवेशन आयोजक कमिटी संयोजक वचन प्रताप सेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ओएनएफ उपाध्यक्ष मिना थापा , महासचिव शिव लाल पन्थी , कोसाध्यक्ष आनन्द अधिकारी , प्रबक्ता अन्जन कुलुङ राई लगायत उपस्थिती रहेको थियो ।