आजकल दशै उजाड बन्दै गएको संचारमन्त्री कार्कीको भनाइ
फोनिज कोरिया संवाददाता
सउल
सूचना तथा संचार मन्त्री राम कार्कीले आजकल दशै उजाड बन्दै गएको विश्लेषण गर्नुभएको छ । एनआरएन दक्षिण कोरियाले आइतबार सउलमा आयोजना गरेको दशै कार्यक्रममा बोल्दै मन्त्री कार्कीले जनजातिहरुले दशै बहिष्कार गर्र्दै गएकाले आजकल दशै उजाड बन्दै गएको बताउनुभएको हो ।
आइतबार मात्रै कोरिया आइपुग्नु भएका मन्त्री कार्कीले सबै संस्कृतीलाई संयोजन गरी अर्कै तिथिमितीमा एउटा राष्ट्रिय चाड बनाउनुपर्ने बताउनुभयो । हाम्रो देशको भूगोल संस्कृती र मनोविज्ञान अनुसारको चाड र पर्व मनाउनुपर्ने र एक अर्कालाई सम्मान र सद्भाव राख्नुपर्ने पनि थप्नुभयो । साथै विदेशमा आएका युवाहरुले राजनीति भन्दा देश बनाउन सिक्नुपर्ने सुझाव दिनुभयो । मन्त्री कार्की अन्तराष्ट्रिय सूचना सम्मेलनमा सहभागी हुन कोरिया आउनुभएको हो ।
कार्यक्रममा नेपाली राजदूताबासका कार्यवाहक राजदूत किरण शाक्यको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित सबैले मन्त्री कार्कीको हातबाट टिका जमरा ग्रहण गरेका थिए । साथै नुहइ० राई, रहर लामा, बिक्रम थापालगायतले गीत प्रस्तु गरेका थिए भने भिम घिसिइ०, गंगा बस्नेतलगायतले नृत्य प्रस्तुत गरी मनोरञ्जन दिएका थिए ।