हुण्डीमा संलग्न एक नेपाली कामदारसहित १० जना विदेशी पक्राउ
सोल-हुण्डीमा संलग्न एक नेपाली कामदारसहित १० जना विदेशी पक्राउ परेका छन् । ख्यंगिदो प्रान्तको नाम्बु प्रहरीले मंगलबार ३० बर्षीय चिनिया विधार्थी र ईपिएसबाट कोरिया आएका अर्का ३६ बर्षीय नेपाली कामदार कोरियाको वैंदेशिक मुद्रा स्फीति नियमको उल्लंघन गरेको आरोपमा पक्राउ परेको स्रोतले जनाएको छ ।ती व्यक्तिहरु ५ बर्षदेखि कोरियाबाट अवैंध हुण्डीको कारोबार गदैं आएका थिए ।अन्य ८ जनालाई भने सोधपुछपछि निगरानीमा छाडिएको कोरियन प्रहरीले जनाएको छ ।
ती नेपाली र चिनिया नागरिकले सन २०११ देखि २०१६ सम्म करिब ३५ सय नेपालीसंग अवैंधरुपमा पैंसा उठाएर पठाउने गरेको थाहा हुन आएको छ ।हालसम्म ५० अर्ब वन अर्थात ४४.४ मिलियन डलर रकम नेपाल पठाईसकेका छन् । पक्राउ परेका व्यक्तिको कोरिया टाईम्सले नाम भने उल्लेख गरेको छैंन् ।
ती दुई व्यक्तिले चिनिया व्यापारीसंग मिलेर कोरियन सौंन्दर्य सामाग्री किनेर पठाउने गरेका थिए । स्रोतले भनेको छ मध्यस्तकर्ताको रुपमा काम गर्ने चिनिया व्यापारीले सो सामानको बिक्रीपछि नेपालमा रहेका हुण्डी एजेन्टलाई पठाउने गरेको र ती एजेन्टले कामदारको परिवारलाई पैंसा बांडने गर्दछन् ।
कोरियन प्रहरीले आतंकवादीले समेत हुण्डीबाट पैंसाको कारोबार गर्ने भएकोले अनुसन्धान गरिरहेको जनाएको छ ।