कोरियामा स्व. मनोज डाँगीको श्रद्धाञ्जलीसभा गरिने
सउल
दक्षिण कोरियामा गत सेप्टेम्बर २० तारिख निधन भएका व्यवसायी स्व. मनोज डाँगीको आगामी आइतबार श्रद्धाञ्जलीसभा गरिने उनका परिवारले जनाएका छन् । सउलको सिन्छन स्थित उनकै रेष्टुरेन्ट काठमाण्डौमा श्रद्धाञ्जलीसभा गरिने भएको हो ।
डांगीका जिल्लावासी संखुवासभा सेवा समाज दक्षिण कोरिया र डांगी अध्यक्ष रहेका अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसस) कोरिया च्याप्टरले परिवारसंगै मिलेर संयुक्त श्रद्धाञ्जलीसभा गरिने अनेससका उपाध्यक्ष सुर्य खत्रीले जनाएका छन् । स्व. डांगीको आत्माहत्याको घटनाक्रममा सहयोग गरेका सबैलाई धन्यवाद स्वरुप र अन्त्येष्ठीमा सामेल सम्पुर्ण नेपाली समुदायलाई खानपिन सहित डांगीका आफ्नै रेष्टुरेन्टमा श्रद्धाञ्जलीसभा गरिन लागेको पत्नि रिता गुरुइ० डाँगीले बताउनुभयो ।
स्व. डाँगीको गत अक्टोबर २ तारिख सउलको नेपाल हाउसमा संयुक्त श्रद्धाञ्जलीसभा गरिन लागेको बेला स्थगित गरिएको थियो । तत्कालिन समयमा स्व. डाँगीको १३ दिनको काम भरखरै सकिएकोले केही समयपछि परिवारले पनि संयुक्तरुपमा श्रद्धाञ्जली गर्ने इच्छा राखेर स्थगित गर्न अनुरोध गरेको थियो ।
सउलको सिन्छन स्थित काठमाण्डौ रेष्टुरेन्टमा दिनको १२ बजे उपस्थित भइ व्यवसायी, समाजसेवी तथा साहित्यकर्मी स्व. डाँगीप्रति श्रद्धाञ्जली अर्पण गरीदिनुहुन कोरियावासी सम्पूर्ण नेपालीहरुलाई आयोजक संस्था र परिवारले हार्दिक आग्रह गरेका छन् ।
जाने तरिका
२ नम्बर लाइन , २ नं गेट , सिन्चोन स्टेशन
सम्पर्क नं :- ०२- ३३३- ४३६६
रिता गुरुइ० डाँगी :-०१०-३८१७-१९६८