कोरियामा ‘हिमालयन सोलु सेल्टर’ संचालनमा
फोनिज कोरिया सम्वाददाता
सुवन, सोलुखुम्बु सम्पर्क समिति दक्षिण कोरियाले संचालनमा ल्याएको ‘हिमालयन सोलु सेल्टर’ (आभास गृह) को आइतबार सुवनमा औपचारिक उदघाटन गरिने भएको छ । समितिले आपतविपतमा परेका नेपालीहरुलाई सहयोग पुर्याउने परोपकारी उदेश्य लिएर संचालन गरेको आभास गृह हिमालयन सोलु सेल्टरको समुदघाटनसँगै कोरियामा रहेका कृयाशिल संघसंस्थाहरुबिचको सुमधुर सम्वन्धलाई अझ प्रगाढ बनाउनको लागि चियापान तथा भेटघाट कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा सोलुबासीसहित विभिन्न संघसंस्थाका पदाधिकारी एवं कोरियामा रहेका नेपालीहरुलाई उपस्थितिको लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ ।
मिति-२०१६-१०-२३ तारिख आईतबार
समय- मध्यान्ह १२ बजे
स्थान- सुवन फालदालरो २४-१
जाने तरिका- सौल मेट्रो लाईन नं. १ , सुवन स्टेशन गेट नं. ११ बाट बाहिरिएर NH बैक हुदै CU मार्ट नजिक