पुर्वान्चल सरोकार समाज कोरियाको प्रथम अधिवेशन नोभेम्बर २७ तारिख हुने
राजु थापा
सउल
पुर्वान्चल सरोकार समाज कोरियाको प्रथम अधिवेशन आउँदो नोभेम्बर २७ तारिख आईतबार सिओलको दोङदेमुन नजिकै सिनसलदोंङ स्थित नेपाल हाउसमा मध्यान्ह १२ बजे गर्ने भएको छ।
पुर्वान्चल सरोकार समाज कोरियाको तदर्थ समितिको नोभेम्बर १३तारिख सिओलमा बसेको बैठकले सो निर्णय गरेको हो । पुर्वान्चल सरोकार समाजको सामुहिक लगानीको अभियान, आर्थिक विकास र समृद्ध नेपाल हाम्रो स्वाभिमानू भन्ने मुल नारा अधिवेशनको रहने छ ।
समाजका सल्लाहकारहरू, पुर्वान्चल क्षेत्रका विभिन्न क्षेत्रीय र जतिय संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उक्त बैठकमा उपस्थिति रहेको थियो ।
प्रवासमा रहेका नेपालीहरूको बिचमा सहयोग, सहकार्य र एकता गर्दै विदेशमा सिकेको ज्ञान, सिप र कमाएको पुंजी लाई स्वदेशमा सामुहिक लगानी गर्दै विकास तथा रोजगारीको अवसरहरू सृजना गर्ने भन्ने उद्देश्यले केहि समय अघि यस संस्थाको स्थापना भएको थियो।
प्रथम अधिवेशन उद्घाटन समारोहमा कोरियामा रहेका सम्पुर्ण संघ संस्थाका प्रतिनिधी, ब्यबसायी बिद्यार्थी, बुद्धिजीवी, खेलाडी, पत्रकार लगायत सकृय संघ संस्थाहरू, प्रतिष्ठित व्यक्तित्वहरू, विभिन्न पेशा र व्यवसायमा आबद्ध पूर्व मेची देखि पश्चिम महाकाली तथा उत्तर हिमाल देखि दक्षिण तराई मधेस सम्मका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिवहिनिहरूलार्इ अतिथिको रूपमा गरिमामय उपस्थित जनाइदिनु हुन समाजले हार्दिक अनुरोध गरेको छ।