मगर संघ कोरियाले महावीरपुनको अभियानलाई सहयोग गर्ने
सौल
नेपाल मगर संघ, गणतन्त्र कोरियाले डा. महाबिर पुन द्वारा नेपालमा राष्ट्रिय अनुसन्धान केन्द्रको स्थापानार्थ संचालन गरिएको महाअभियानमा साथ दिने भएको छ ।
राष्ट्रको बिकास अनि राष्ट्रिय हितको लागि दक्ष जनशक्तिको निर्माण र उपयुक्त अबशरको सृजनाको लागि डा. पुनले देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा आह्वान गर्नुभए अनुरुप उक्त राष्ट्रिय अनुसन्धान केन्द्र स्थापनार्थ मगर संघ कोरियाले सहयोग अभियान संचालन गर्ने भएको हो।
हाल डा. महाबीर पुन यसै अभियानको विश्वब्यापी प्रचार प्रसारको लागी देश तथा बिदेशको विभिन्न क्षेत्रको भ्रमणमा रहेका छन् ।
थोप थोपा मिलेर समुद्र बन्छ भने जस्तै दक्षिण कोरियामा विभिन्न पेशा तथा उद्धेश्यले रहनु भएको सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुले पनि आफुले सकेको यस महा अभियानमा सहयोग गरिदिनु हुन संघका अध्यक्ष खड्ग थापा मगरले हार्दिक अनुरोध गरेका छ्न् ।
यस मगर संघ कोरियाको अभियानलाई साथ दिनको लागि तल उपलब्ध गराइएको बैंक एकाउन्टमा सहयोग रकम ट्रान्सफर गरि निम्न व्यक्तीलाई जानकारी गराइदिनु हुन मगर संघ कोरियाले अनुरोध गरेको छ ।
Woori Bank Code : 20 A/C no 1002-9465-49895 rana magar sub
कोरियाको लागि सम्पर्क :-
सुब्बा रानामगर – 010 4375 0593
खड्ग थापा मगर (सौल) – 010 3218 2398
अशोक बुढा मगर (ओइजङ्बु) – 010 3262 8565
सालिकराम पुलामी मगर (थेगु)- 010 7214 3899
भिषण पुर्जा मगर ( किम्हेर बुसान) – 010 5953 4660
सम्पुर्ण सहयोगदाताहरुको नामावली क्रमशस् अनलाइन मिडियामा प्रकाशित गरिने छ ।