पुर्ब सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित कोरिया आउने
फोनिज कोरिया संवाददाता
सउल
आउदो सलनाल अर्थात कोरियाली हरुको नयाँ बर्स जनवरी २८ मा पुर्ब सामान्य प्रशासन मन्त्री हाल रुपान्तृत ब्याबस्थपिका संसदको सदस्य लालबाबु पण्डित दक्षिण कोरिया आउने भएका छन् । जनवरी २९ , २०१७ मा प्रबाशी नेपाली मन्च ओएनएफ कोरियाले गर्न लागेको बृहत कार्यक्रममा भाग लिन आउनु हुने भएको हो।
कोरिया स्थित नेपाली समुदायमा आपशी सद्भाव , बन्धुत्व , मेलमिलाप लगायत अभिबृद्वी गर्नु उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो ।पण्डित सामान्य प्रशासन मन्त्री हुदा उदाहरनिय काम गरेर लोकप्रिय बनेका छन् ।
कार्यक्रमको अघिल्लो दिन साझ अर्थात जनवरी २८ बेलुका राखिएको आन्तरिक प्रशिक्षण कार्यक्रममा ओएनएफमा आबद्ध सबैलाई उपस्थित भएर कार्यक्रम सफल बनाइ दिन कार्य बाहक अध्यक्ष मिना थापा मगरले अनुरोध गरेकी छिन।