कोरियामा आइतबार सामूहिक भाइटिका गरिने
फोनिज कोरिया संवाददाता
सोल
दक्षिण कोरियामा महिलाहरुको संस्था महिलाका लागि महिलाले आइतबार सउलमा सामूहिक भाइटिका र देउसी भैलो कार्यक्रम गरी तिहार मनाउने भएका छन् । दोइ०देमुन व्यापार संघ र कोरियन संस्था खुशी खुशीको विषेश सहयोगमा सो कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ ।
नेपालीहरुको अर्को ठूलो चाड तिहार विषेश गरी चेली र माइतीको सम्बन्ध प्रगाड बनाउने पर्व भएकाले महिलाहरुको संस्था भएका नाताले पनि सामूहिक भाइटिका गर्न लागेको अध्यक्ष पदमा श्रेष्ठले बताइन । प्रदेशमा एक्लै भएका माइतीहरुलाई कार्यक्रममा उपस्तिथ भई परिवार र चेलीको तिष्र्णा मेटाउदै स्नेह र सदभावका साथ सबै एकै परिवार भई रमाइलो गरी तिहार पर्व मनाउन आयोजकले आग्रह गरेको छ ।
सोही कार्यक्रमको लागि आर्थिक सहयोग गरेका विभिन्न व्यक्ति र संस्थाहरुलाई आयोजकले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।