तमुधिं ख्यङ्साङ्नाम्दाे बुसान शाखा र तमु समाज खजेदाेले सलनालमा डान्स पार्टी गर्दै


काेेरियाको दोश्रो महान चाड सलनालको पहिलो दिन जनवरि २४ तारिख  तमू धी ख्यङ्साङ्नाम्दो बुसान शाखा र तमू समाज खजेदोले संयुत्त रूपमा किम्हेमा डान्स पार्टी गर्ने भएकाे छ।
नेपालबाट आमन्त्रित अहिलेका चर्चित बेली डान्सर नेपाली गीत संगीतको क्षेत्रमा चम्किलो ताराको रूपमा चिनिने दर्शक श्रोताको मन मुटुमा बस्न सफल चर्चित दोहीरी ब्याटल गायिका प्रिती आलेको साथमा किम्हे स्थित लुम्बिनी लाइभ क्लब बारमा डान्स पार्टी धमाका हुने भएकाे हाे।
डान्स पार्टीको लागी सम्पुर्ण तयारी सकिएको अध्यक्ष अनिस गुरूङले फोनिज कोरियालाई बताए।
किम्हे बुसान, खजेदो, याङसान, उल्सान, अन्याड़, थेगु छंड़ग्वान, ख्यङगजु वरपरको सम्पुर्ण संघसंस्थाका प्रतिनिधी तथा नेपाली दाजुभाई दिदीबहिनीहरूलाई डिजे अभी गुरूङ र प्रिती आलेको साथमा नाच्न संस्थाका अध्यक्ष अनिस गुरूङले हार्दिक निमन्त्रणा गरेका छन्।

कोरियाको कामको दुख,कष्ट, थकान मेट्न भरपुर रमाइलो गर्न लुम्बिनी लाइभ क्लब बारमा उपस्थित दाजुभाइ दिदीबहिनीहरू मध्ये उत्कृष्ट डान्स प्रस्तुत गर्ने एक जना केटा र एक जना केटीको लागी बिशेस पुरष्कारको ब्यबस्था गरिएको अायाेजकले बताए।
डान्स पार्टी २४ तारिख बेलुका ६ बजे देखी बिहान ४ बजे सम्म सन्चालन हुनेछ।

सुरक्षालाई मध्य नजर गर्दै ४ जना काेरियन बाउन्सरकाे पनि ब्यवस्था गरिएकाे अायाेजकले बताए।
डान्स पार्टी सफल हुने कुरामा आयोजक ढुक्क रहेको बुझिएकाेछ।

 

Date : 2020/01/24
Place : lumbini Club live Bar Kimhe
Address: 경남 김헤시 부원동 784-5

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • राष्ट्रपति मुनले स्वीकारे ट्रमको अनुरोध, दक्षिण कोरिया जी ७ मा सहभागी हुने
  • सउलका सबवेहरुमा मास्क नलगाई हिड्न नपाइने, थप ३५ जनामा कोरोना संक्रमण
  • कोरियामा ठुला कम्पनीहरुका १० हजार भन्दा बढी कामदारले गुमाए रोजगार
  • दक्षिण कोरियामा करिब १ महिना पछि एकै दिनमा ३४ कोरोना संक्रमित फेला
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    error: Content is protected !!