जनजाति महासंघ कोरियाले काेराेना भाइरसको उपचारका लागि चाहिने पीपीई विभिन्न अस्पताललाई गर्याे हस्तातरण


नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले कोराना भाइरसको उपचारका लागि चाहिने पीपीई नेपालका विभिन्न अस्पताललाई हस्तातरण गरेको छ । महासंघले कोरियामा नेपालका स्वास्थ्यकर्मीका लागि पीपीई लगाएतका सामाग्री किन्नका लागि सहयोग अभियान संचालन गरेको थियो ।
‘कोरियामा रहेका धेरै साथीभाइले सहयोग गर्नु भयो । हामी एकदमै आभारी छौं । उठेको रकमबाट हामीले नेपालको विभिन्न अस्पतालहरुलाई सकेको सहयोग गर्यौं ।’ महासंघका अध्यक्ष युगेल तन्डुप शेर्पाले भने । ‘देशका लागि भने पछि सबै साथीभाइले सहयोग गर्नुभयो । हामीले परादर्शी र छिटै सामाग्री किनेर वितरण गर्न सक्यौं । अभियानमा सहयोग गर्ने सबैलाई धन्यबाद ।’ उनले थपे ।
महासंघले शसस्त्र प्रहरी बल अस्पताल, बलम्बु, बिपी कोइराला स्वस्थ बिज्ञान प्रतिष्ठान घोपा धरान, प्रादेशिक अस्पताल जनकपुर, कान्तिबाल अस्पताल, प्रसुती गृह, सेचेन अस्पताल, मेडिकेयर अस्पताल, स्तुपा सामुदायिक अस्पताल काठमाडौं, गण्डकीअस्पताल पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, प्रादेशिक अस्पताल सुर्खेत र सुदुरपश्चिम प्रादेशिक अस्पताल धनगढीलाई पीपीई, ह्यान्ड स्यानेटाइजर, माक्स लगाएतको स्वस्थ्य सामाग्री प्रदान गरेको हो ।
नेपाल आदिबासी जनजाति महासंघले संचलन गरेको अभियानमा महासंघको बुसान शाखा, ग्वाङ्जु शाखा, कोरियामा क्रियाशिल जातीय संस्थाहरु, क्षेत्रीय संघसस्थाहरु र २ सय भन्दा बढि कोरियामा रहेका नेपालीबाट ५५ लाख वन सहयोग उठेको अभियान संयोजक वाईवी मगरले जानकारी दिए । नेपालमा लकडाउन र विविध कठिनाइका बाबजुद स्वास्थ्य सामाग्री वितरणलाई परिणाममुखी र प्रभावकारी बनाउन नेपाल आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार र नेपाल अदिवासी जनजाति महासंघ केन्द्रले विषेश भूमिका खेलेको पनि संयोजक मगरले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...