एनआरएनए कोरियाले नेपालमा तत्काल लगानीको अवसर बारे सम्मेलन गर्ने


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)दक्षिण कोरियाले आगामी आइतबार डिसेम्बर १३ तारिख  ” नेपालमा लगानी, आत्मसम्मान ,छिटो र दीगो आमदानी ” विषयक एक दिने अनलाईन सम्मेलन आयोजना गर्ने भएका छन् ।

सम्मेलनमा प्रमुख वक्ताको रुपमा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो , वर्तमान अध्यक्ष कुमार पन्त , उपाध्यक्ष डा. बद्री केसी र उद्योगपति भोलेश्वर दुलाल प्रमुख वक्ताको रुपमा रहने छन् । एनआरएनए  इन्भेष्टमेन्टका सिइओ अनलराज भट्टराई लगायत पर्यटनविद् विष्णुप्रसाद कँडेल र कृषिविज्ञ अरूण खनाल लगायत वक्ताहरु रहने छन् । साथै एनआरएनका युवा उद्यमीहरुसंग अन्तरकृया पनि गर्न सकिने छ ।

कोरियामा रहेका युवाहरूलाई नेपालमा विभिन्न क्षेत्रहरू कृषि, पर्यटन, हाइड्रो, रिसोर्ट आदिमा नयाँ व्यवसाय सञ्चालन गर्न र सञ्चालनमा आइरहेका व्यवसायहरूमा लगानी गराउन उत्प्रेरित गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी गराए ।

सम्मेलनमा वर्तमान अवस्थामा नेपालको कुन कुन क्षेत्रमा कसरी तत्काल लगानी गर्न सकिने बारे पहिचान सहित जानकारी दिइने छन् । साथै लगानी बारे सरकारको वर्तमान नीति नियम र लगानीको सुरक्षीत व्यवस्था बारे स्पष्ट गराइने छ । साथै अभियानमा जोडिनु भएका युवा उधमीहरूसंग अन्तरक्रिया गर्न सकिने छ ।

कार्यक्रम कोरियन समय अनुसारदिनको साढे १ बजे र नेपालको समय अनुसार विहान १० बजेबाट अनलाईन माध्यम जुमबाट शुरुवात गरिनेछ । जुमको आइडी र पासवर्ड शनिबार बेलुका एनआरएनए कोरियाको फेसबुक पेजबाट सार्वजनिक गरिने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • किरात याक्थुङ चुम्लुङ कोरियाले २४ औँ वार्षिकोत्सव मनाउँदै
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...