कोरियामा कबड्डी ४ को पहिलो शो जुलाई १० मा हुने


पछिल्लो समय धेरै चर्चामा आएको सुपरहिट बहुप्रतिक्षित नेपाली कथानक चलचित्र कबड्डी ४ दि फाईनल म्याच दक्षिण कोरियाको सउलस्थित छङ्राकुमिन ह्वेग्वान (중랑구민회관 서울 중랑구 면목로 238) मा प्रदर्शन हुने भएको छ । तमू धीं दक्षिण कोरियाले चलचित्र निर्माण पक्षसँग आवश्यक सम्झौता र आधिकारिक अनुमति लिएर उक्त चलचित्र आउँदो जूलाई १० मा कोरियामै पहिलो शो गर्ने तयारीमा जुटेको हो ।

उक्त चलचित्रको पहिलो शो दिनको ०१:०० बजे गरिने र दर्शकको चाप र आवश्यकता हेरेर सोही दिनमा अर्को शो को व्यवस्था पनि गर्न सकिने आयोजकले जनाएको छ । दर्शकको सहजताका लागि दोङ्देमुन ३ नम्बर गेटबाट दिउँसो ठिक १२:०० बजे छुट्ने गरी निःशुल्क बसको व्यवस्था गरिएको छ । हलसम्म पुग्नको लागी सउल मेट्रो लाईन नम्बर ७ को योङमासान स्टेशन गेट नम्बर १ बाट पैदल दुई मिनेटमा पुग्न सकिनेछ ।

कोरोना कहरबाट जनजीवन सामान्य बन्दै गएको स्थितिमा कोरियामा रहेको नेपाली जनसमुदाय विचको आपसी सद्भावको निरन्तरता साथै नेपाली चलचित्रलाई प्रोत्साहन दिने उद्धेश्यले चलचित्र प्रदर्शनको तयारीमा जुटेको तमू धीं दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष लेसन गुरुङले बताए । आवश्यक सम्झौता र प्रक्रिया पूरा गरि अन्य ईच्छुक संस्थाहरुले तमू धीं दक्षिण कोरियालाई सम्पर्क गरी प्रदर्शनमा ल्याउन सक्नेछन् । चलचित्र हेरेर भरपूर मनोरञ्जन लिनुहुन कोरियास्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले हार्दिक अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • स्याङ्जा परिवारले अगष्ट २० र २१ मा दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने
  • छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज
  • मुन्माक एनएफसी र जेछन एनएफसी विचको मैत्रीपूर्ण फूटबल प्रतियोगितासँगै खेलाडी सुनिल राईको विदाई सम्पन्न
  • नेपाल पर्वतारोहण संघका नवनिर्वाचित सदस्यहरु सम्मानित
  • ईपिएस

    उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि सूचना

    उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि ...

    २०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना

    २०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना । २ सय ४५ जनाको नाम लिस्ट ...

    ५ सय १५ जनालाई विमा रकम दाबी गर्न सामसङ ह्वाजेकाे अनुराेध

    HRD service of Korea बाट प्राप्त जानकारी अनुसार सामसङ ह्वाजे कम्पनीमा वीमा गरी वीमा अविध सकिएकाे ३ वर्षसम्मा पनि वीमा रकम दाबी गर्न नआएकाे ब्यक्तिहरूले वीमा दाबी गर्न आउनका लागी अनुराेध गरेकाे छ । ई.पि.एस. काेरिया शाखा ग्वार्काे ले आज(साउन ५ गते) एक सुचना प्रकाशन गरि उक्त ...

    महिला / बालबालिका

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

    कोरियामा कार्यक्रमहरु

    टिपनटापन