निर्माणाधीन बालगृह भवनलाई कोरियाबाट स्याङ्जा परिवारको सहयोग


कोरियामा क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा परिवार किम्हे/बुसान शाखाले आफ्नो गृह जिल्लाको बालगृह भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । स्याङ्जा स्थित फेदिखोला गाउँपालिका वडा नं. १ मा अमोर सेवा नेपाल द्वारा सञ्चालित निर्माणाधीन जिल्लाकै एकमात्र बालगृह भवनलाई सहयोग स्वरुप १ लाख २५ हजार रुपैंया प्रदान गरेको हो ।

गत अगष्ट १४ मा कोरियाको किम्हेमा जिल्लाको एकमात्र बालगृह भवन सहयोगार्थ सुपरहिट नेपाली कथानक चलचित्र “ए मेरो हजुर ४” को प्रदर्शन गरेर उक्त सहयोग रकम जुटाएको र कार्यक्रमको उद्धेश्य अनुरुप नै सहयोग हस्तान्तरण गरिएको आयोजक संस्थाका अध्यक्ष कमल अर्यालले जानकारी दिए ।स्याङ्जा परिवारको प्रतिनिधित्व गर्दै नेपालमा रहनुहुने संस्थाका भूपू केन्द्रीय अध्यक्ष तथा वरिष्ठ सल्लाहकारद्धय गुप्त गुरुङ र धर्म गुरुङ, भूपू केन्द्रीय सल्लाहकार नवराज वाग्ले लगायतको सहजीकरणमा बालगृह भवनका सञ्चालिका एवं सो कार्यक्रमका सभाध्यक्ष कमला पराजुली, प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य माननीय नारायण प्रसाद मरासिनी, वालिङ नगरपालिका प्रमुख कृष्ण खाँण, आँधिखोला गाउँपालिका प्रमुख विश्व पौडेल र उपप्रमुख सिता थापा, फेदिखोला गाउँपालिका उपप्रमुख देउकुमारी गुरुङ, भवन निर्माण समितिका अध्यक्ष एवं पदाधिकारीहरुको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।

कोरियामा दुईवटा शाखा विस्तार गरिसकेको स्याङ्जा परिवारले आफ्नो जिल्लाभित्र दुईवटा एम्बुलेन्स भ्यानसहित एक्स-रे मेसिन, विभिन्न अस्पताललाई स्वास्थ्य सामाग्री, विकास पूर्वाधारका निमित्त आर्थिक र भौतिक सबैखाले सहयोग गरिसकेको सन्दर्भ भूपू केन्द्रीय अध्यक्ष तथा वरिष्ठ सल्लाहकार गुप्त गुरुङले जानकरी दिए । हरेक दुःखद घटना र सबै खाले प्राकृतिक विपत्तिहरुमा समेत राहत वितरण गर्दै आइरहेको र कोरियामा मात्र नभएर विशेषत: कोरियामा रहेका स्याङ्जाली र आफ्नो गृह जिल्लाको हरेक दुःख सुखमा संस्था सदैव स्याङ्जा परिवार कटिबद्ध रहँदै आएको छ ।

चलचित्र प्रदर्शनको क्रममा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्ण संघसंस्था, व्यवसायी, शुभचिन्तक तथा दर्शक महानुभावहरुमा आभार व्यक्त गर्दै यो पुण्य कार्य र मातृभूमिप्रतिको मायामा शुरुवात देखि सहयोग हस्तान्तरण कार्यक्रमसम्म जुट्नुहुने तमाम व्यक्तित्वहरुलाई स्याङ्जा परिवार दक्षिण किम्हे/बुसान शाखा कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...