कोरियामा निधन भएका ईन्द्र गुरुङको श्रद्धाञ्जली सभा अक्टोबर ०२ मा गरिने


लमजुङ जिल्ला बेसीशहर नगरपालिका वडा नं. ९ बिम्दा स्थायी घर भई कोरियामा कार्यरत स्व. ईन्द्र गुरुङको सम्झनामा आउँदो अक्टोबर ०२ मा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरिने भएको छ । तमू धीं दक्षिण कोरिया र लमजुङ परिवार दक्षिण कोरियाको संयुक्त आयोजनामा दिवंगत आत्माको चीर शान्तिको कामना एवं शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने उद्धेश्यले उक्त सभाको आयोजना गरिएको हो ।

कोरियाको राजधानी सउलदेखि करिब २ सय किमीको दुरीमा रहेको छुङनाम सिटिको छङयाङ गाउँको पिबोङम्यन भन्ने स्थानमा रहेको एक बुंगर फार्ममा कार्यरत रहेका गुरुङको सेप्टेम्बर १६ तारिख राती कार्यस्थल दुर्घटनामा परि निधन भएको थियो । गुरुङसँगै उनका सहकर्मी एक कोरियन नागरिकको पनि सोही दुर्घटनामा निधन भएको थियो । लामो समयदेखि दक्षिण कोरियामा कार्यरत रहेका स्व. गुरुङ तमू धीं दक्षिण कोरियाका अजीवन सदस्य तथा लमजुङ परिवार दक्षिण कोरियाका सल्लाहकारको रुपमा आबद्ध रहँदै अति सहयोगी, मिलनसार र सामाजिक कार्यमा सक्रिय व्यक्तित्व थिए ।

तमू धीं दक्षिण कोरिया र लमजुङ परिवार दक्षिण कोरियाको संयुक्त आयोजनामा हुन गईरहेको श्रद्धाञ्जली सभामा संस्था सम्बद्ध संरक्षक, बरिष्ठ सल्लाहकार, सल्लाहकार, शाखाका अध्यक्ष, विभागीय उपसमितिका संयोजक तथा उपसंयोजक लगायत शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरुमा आयोजक संस्थाले उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

श्रद्धाञ्जली सभा कार्यक्रम तपसिल

मिति : २०२२/१०/०२ आइतबार
समय : बिहान ११ः०० बजे
स्थान : नेपाल बौद्ध परिवारको कार्यलय (पुरानो नागर्जुन गुम्बा) IBK BANK को भवन, 지행 लाईन नं. १, सउल मेट्रो

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...