मगर संघ थेगुको अधिवेशन सम्पन्न : अध्यक्षमा खडक घर्तीमगर
नेपाल मगर संघ कोरिया थेगु क्षेत्रीय शाखाको तेस्रो अधिबेशनबाट खडक घर्तीमगरको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको छ । आइतबार भएको अधिवेशनबाट नयाँ कार्यसमिति चुनिएको हो ।
‘प्रवासी भूमिमा मगर समुदायको एकता, भेषभूषा, भाषा,धर्म,कला र संस्कृतिको संरक्षण संवद्र्धन संगै आपातकालीन परिस्थितिमा हाम्रो आवश्यकता र सहभागिता’ भन्ने मूल नाराको साथ भएको अधिवेशनमा नेपाल मगर संघ केन्द्रका अध्यक्ष टेक पुनले नयाँ कार्यसमितिलाई वधाई दिनुका साथै निवर्तमान कार्यसमितिका अध्यक्ष चिरन थापामगर सहित सबैलाई धन्यबाद दिएका थिए ।
कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष मिलन रानामगर, उपाध्यक्ष प्रमिला घर्तीमगर, सन्तोष जंग मगर, नेत्र सोराली मगर रहेका छन् । महासचिवमा दुर्गा टियर पुनमगर, सचिव चन्द्र थापामगर र याम बहादुर पुनमगर, कोषाध्यक्ष निरु श्रीसमगर सहकोषाध्यक्ष कमला पुनमगर रहेका छन् । कार्यसमितिको सदस्यहरुमा अमर दर्लामीमगर, हरि थापामगर, रिना घर्तीमगर, रेनु गर्बुजामगर, कृष्णा पुनमगर, सीता रोकामगर, भेद बुढामगर, दिल पुलामी मगर, दुर्गा थापामगर र बिक्रम थापामगर रहेका छन् ।