फेब्रुअरी ११ मा ताप्लेजुङ सम्पर्क समिती दक्षिण कोरियाको महाधिवेशन हुने
ताप्लेजुङ सम्पर्क समिती दक्षिण कोरियाको चौथो महाधिवेशन हुने भएको छ। आगामि फेब्रुअरी ११ तारिख आइतवार दिउँसो २ बजेदेखि दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा कार्यक्रम आयोजना हुने अध्यक्ष सागर माङ्मुले जानकारी गराएका छन्।
सलनालको तेश्रो दिन हुने अधिवेसनमा प्रवासमा रहेका सम्पूर्ण ताप्लेजुङ बासीलाई कार्यक्रम सफल बनाउनको निम्ति अनिवार्य उपस्थित हुन आयोजकले अनुरोध गरेको छ।
“हाम्रो ताप्लेजुङ प्यारो ताप्लेजुङ प्रवासी भूमी ताप्लेजुङको एकता , सिंङ्गो ताप्लेजुङ जिल्लाको शिक्षा र विकासमा हाम्रो प्रतिवद्धता ” भन्ने मूल नाराका साथ सन २०१५ मा स्थापित यस संस्थाले विभिन्न सामाजिक कामहरु गर्दै आइराहेको छ।