सानो मिल्ती जलबिद्युत आयोजनाको शेयर प्रमाणपत्र भोली
सोल-सानो मिल्ती जलबिद्युत आयोजनाको शेयर प्रमाणपत्र अगस्ट २३ अर्थात भोलि वितरण गरिने भएको छ | आयोजना प्रबर्द्धन गर्न स्थापना गरिएको सानो मिल्ती (एसएम) इन्भेस्टमेन्ट कम्पनीले शेयर होल्डरहरुलाई लगानीको प्रमाणपत्र वितरण गर्न लागेको हो |
शेयर प्रमाण पत्र बिहिबार नै आइपुगेको जनाइएको छ | शेयर प्रमाण पत्र एक कार्यक्रम आयोजना गरि सोल ग्लोबल सेन्टरको चौथो तलामा वितरण गर्ने व्यवस्था मिलाइएको छ | प्रमाणपत्र लिन शेयर होल्डरले आवेदनसंग नाम ,थर र ठेगाना मिल्ने परिचय पत्र अनिबार्य लिएर उपस्थित हुनु पर्ने जनाइएको छ |
रामेछापको फुलासी गाविसमा रहेको आयोजनाबाट ३ मेगावाट बिद्युत निकाल्ने लक्ष राखिएको छ | आयोजनामा लगानी गर्न कोरियामा रहेका नेपालीहरुले १९ करोड ५० लाख रुपैयाँको आवेदन आए पनि नेपालमा गएको विनाशकारी भूकम्पका कारण १२ करोड ४० लाख रुपैयाँमात्र संकलन भएको थियो |
यसैगरि काम तीब्र रुपमा भैरहेको नेपालमा रहेका कम्पनि निर्देशक सुरेश सुब्बाले बताए | सुब्बाका आनुसार प्राबिधिक, प्रशासनिक र इन्जीनियरीङको काम सकिन लागेको छ | मनसुन सकिए लगत्तै कन्ट्रक्सनको काम शुरु गरिने छ | २ बर्षभित्र बिधुत उत्पादन गरिसक्ने लक्ष कम्पनीको छ |
शेयर प्रमाण–पत्र बितरण कार्यक्रम :-
मिति :- अगष्ट २३
स्थान :- सोल ग्लोबल सेन्टरको चौथो तल्ला |
जाने तरिका १ नम्बर लाइनको छोङगाक स्टेसनको ६ नम्बर गेट अगाडी
समय दिनको ११ बजे ( अंग्रेजी समय )