दुई कोरियाबीच दोस्रो चरणको बार्ता जारी, तनाब कम हुने
सोल – दुई कोरिया बीच केहि दिन देखि चुलिएको तनाब गर्ने उदेश्यका साथ हिजो भएको १० घन्टे लामो बार्ता बिना निष्कर्ष टुङगिएको थियो | आज दिउसो ३ बजे देखि बार्ता हुने भनिए पनि केहि ढिलो बार्ता शुरु भएको कोरियन न्युज एजेन्सी योनहापले जनाएको छ |
बार्ता टोलीमा दक्षिण कोरियाको तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार किम क्वान जिन र एकिकरण मन्त्री होङ योङ प्यो सहभागी छन् भने उत्तरको तर्फबाट दक्षिण कोरिया मामला हेर्ने उत्तरका शिर्ष अधिकारी किम याङ गोन र सेनाको राजनैतिक विभागका प्रमूख ह्वाङ प्योङ सो सहभागी छन् |
उत्तर कोरियाले सिमानामा राखिएको लाउड स्पिकर हटाउनको निम्ति शनिवार साझ ५ बजेसम्म दक्षिण कोरियालाई अल्टिमेटम दिएको थियो | उत्तरले दिएको अल्टिमेटमको समय केही घण्टा बाँकी रहदा हिजो दुई कोरिया बार्तामा बस्न तयार भएका थिए |
हिजो साझ बार्ता बसे पनि कुनै निष्कर्ष निस्कन नसके पछि आज पनि वार्तालाई निरन्तरता दिएको छ | आजको बार्ता निष्कर्षमा पुग्ने आसा गरिएको छ |