आउदो २९ तारिख विश्व बहु-सास्कृतिक कार्यक्रम हुने
सोल -यही आउदो २९ तारिख शनिबार ”विश्व बहु सास्कृतिक”कार्यक्रममा हुने भएको छ | उक्त कार्यक्रममा नेपाल चिनाउने बिभिन्न कार्यक्रम हुने भएको छ। साथमा “सुनाखरी ब्याण्ड”को सास्कृतिक धमाका, नृत्य , नेपाल प्रबर्धन स्टल,फोटो प्रदर्शनी लगाएतका कार्यक्रम हुनेछन |
साथै नेपालमा भुकम्पको पिडालाई मलम लगाउने र मनोबल बढाउने खालका कोरियन बालबलिकाद्वारा लेखिएका चिट्ठी तथा शब्दहरु बटुलिने र पीडित बाल बच्चाहरुको सहयोगको लागि सस्तो (सहयोगी) बजार समेत खोलिने छ ।
कार्यक्रम स्थलमा जानको लागि सोल सिटी हल अगाडी (Sta.Exit no 3)बाट दिनको ठीक १२ बजे बसको ब्यबस्था पनि गरिएको छ। उक्त कार्यक्रममा कोरियामा रहनु हुने सम्पूर्ण महानुभाबहरुले टोपी,कुर्ता सुरुवाल,सारी नेपाली पोशाक लगाएर आईदिनु हुन् पनि आयोजकले आग्रह गरेको छ । स्मरण रहोस कार्यकर्मको प्रायोजक नेपाल पर्यटन बोर्ड, कोरिया प्रतिनिधि लगायत अन्य नेपालमा सहयोग गरिरहनु भएका NGO हरुले गर्दैछ ।
मिति – २०१५ अगस्त २९ तारिख
स्थान – सङ्नाम सिटी हलमा
समय – दिनको ३ बजे देखि
थप जानकारीको लागि सम्पर्क :
केपी सिटौला – ०१०४७६७५२४८