छुसकमा तनहुँ सम्पर्क समिती कोरियाले बृहत् भेला तथा नव आगन्तुक तनहुँवासीहरुलाई स्वागत गर्ने
सोल – तनहुँ सम्पर्क समिति दक्षिण कोरियाले छुसकको पहिलो दिन सोल स्थित नेपाल हाउसमा बृहत भेला तथा नव आगन्तुक तनहुँबासीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम गर्ने भएको छ।
समाजसेवी परियोजना, संस्थाको स्तर उन्नति साथै सामाजिक एक्यबद्धता कायम गरि विभिन्न भईपरी आउने समस्यालाई सहजै समाधान गर्न, सम्पुर्ण तनहुँ देखि कोरियामा आउनु भएका तनहुँवाशी दाजुभाई तथा दिदिबहिनिहरुलाई यस पारिवारिक पृष्ठभुमिमा समेट्दै एक्लोपनबाट बिचलित हुन नदिन र यस संस्थाप्रति पुर्ण रुपमा हक अधिकार प्रदान गर्नको निमित्त उक्त भेला गर्न लागिएको संस्थाले जनाएको छ ।
उक्त कार्यक्रममा कोरियाको विभिन्न शहरमा विभिन्न पेशामा आवद्ध रहनुहुने व्यक्तित्वहरु, श्रमिक, पत्रकार, बिद्यार्थी , व्यापारी तथा बुद्धिजीवी वर्गहरुलाई भेलामा उपस्थित भई कार्यक्रम सफल पारि दिनु हुन संस्थाले हार्दिक अपिल गरेको छ ।
मिति – २०१५/९/२६ तारीख शनिवार
स्थान – नेपाल हाउस
समय बेलुकी ठिक ४ बजे
सम्पर्कको लागि :-
जगत थापा – ०१०-६४४२-६११८
ललित थापा- ०१०-७४५९-५८०४
सुबाश थापा-०१०-६४५२-६९११
सुनिल मल्ल-०१०-७२१९-५५९७
बिष्णु थापा-०१०-४६९४-६६८०