जेजु डुङगा दुर्घटनामा १० को मृत्यु
सोल – गत शनिबार साझ जेजु टापुको दक्षिणी सहाराद्धिपको उत्तरी क्षेत्रमा माछा मार्ने डुङगा दुर्घटना हुदा जेजुमा भएको डुङगा दुर्घटना मर्नेको संख्या १० पुगेको छ | हराई रहेकाहरुको खोजी कार्य तिब्र पारिएको महासागर तथा मत्स्य मन्त्रालयले जनाएको छ
तीन जनाको जिवितै उद्धार गरेर हेलिकप्टरवाट जेजुको एक हस्पिटलमा ल्याईएको छ | हाल उनिहरुको उपचार भईरहेको छ |
जीवितै रहन सफल पार्कले हस्पिटलमा भने डुङगाको ईन्जिन बन्द भयो र कप्तानले सबैलाई बाहिर निस्कन भने त्यति बेलासम्म डुङगामा पानी भरिन शुरु भईसकेको थियो |जब डुङगा पल्टियो हामी ३ जना पल्टिएको माथिको भागमा चढेर करिब १० घण्टासम्म उद्धारको पर्खाईमा बितायौ |
उक्त डुङगाले हेनामको प्रान्तको लागि चुजा छोडेको लगभग आधा घण्टा पछि ७:३८ को आसपासमा संपर्क बिहिन भएको थियो |
डुङगामा कति जना सवार थिए भनेर अझै एकिन नभएको पनि जनाईएको छ |