डोल्मालाई १७ लाख सहयोग
सोल-प्रवासको भूमिमा रहेर दु: ख, पीडाले छटपटाई आफ्नो जिवन मरणको दोसाँधमा रहेकी डोल्मा सेर्पालाई बचाउँन थोरै सहयोग मिलोस भनेर कसम रेस्टुरेण्टका संचालकले जम्मा १७ लाख २० हजार वन सहयोग रकम हस्तान्तरण गरेको छ ।
‘सेवा नै ठूलो धर्म हो’ भन्ने बुझेर सुवनस्थित कसम रेस्टुरेण्टका संचालक कहरमान राई र उनकी श्रीमती समिता राईले उक्त अभियान केहि महिना अघीदेखी संचालन गरेका थिए ।
उक्त अभियानबाट जम्मा भएको सत्र लाख बीस हजार वन आईतबारको दिन किराँत राई यायोख्खा कोरिया अध्यक्ष दिनेश राई र संस्थाकै वरिष्ठ सल्लाहकार बहिन्द्र राई लगायतको बिषेश उपस्थितिमा दोलखाकी बोनम्यारो पीडित डोल्मा सेर्पालाई रकम हस्तान्तरण गरिएको थियो ।
बोनम्यारोको उपचारमा ठूलो रकमको आवश्यकता भएको हुँदा डोल्मा सेर्पाको बचाउँ अभियानमा कोरियाको बिभिन्न संघ संस्थाहरुले सहयोग अभियान संचालन गरिरहेका छन्, भने सेप्टेम्बर १४ तारिक देखी उनी पुन्: हस्पिटल भर्ना भएकी छिन ।