कोरियामा १० दिनपछि डुंगा दुर्घटनामा परेका भेटिए
सोल-गत हप्ता दक्षिण कोरियाको जेजु टापु स्थित समुन्द्रमा माछा मार्ने डुंगा दुर्घटनामा परी हराएको मध्य जाङ नाम गरेको मृत ब्यक्ती फेला परेका छन् ।
दुर्घटना भएको स्थानबाट ५ किलोमिटर टाढा टापुको सबैभन्दा दक्षिणी समुन्द्री भेगमा सोमबार बिहान ९ बजेतिर फेला परेको मृत शरीर परिक्षणको लागी हस्पिटल पठाईएको कोरिया टाइम्सले जनाएको हो ।
गत सेप्टेम्बर ६ तारिक भएको डुंगा दुर्घटनामा डल्फिनले 9.77 टनको डुँगा पल्टाउँदा जेजु टापुस्थित समुद्रमा एघार जना परेका अनुमान छ | त्यसमध्य तीन जनाको उद्दार भएको छ भने सात जनाको अवस्था अझै बेपत्ता रहेको छ ।