नेपाली जनसम्पर्क समितिको क्षेत्रीय अधिबेशन हुने
सोल-नेपाली कांग्रेसको कोरिया भातृ संगठन नेपाली जनसम्पर्क समितिको क्षेत्रीय अधिबेशन हुने भएको छ | गत १३ सेप्टेम्बरमा समितिका सभापति नवराज शिबाकोटीको सभापतित्वमा समितिको बृहत बैठकले गज्रेको निर्णय अनुसार समितिको क्षेत्रीय अधिबेशन दुईचरणमा गर्न लागिएको हो |
निर्णय अनुसार पहिलो चरण नोभेम्बर १ तारिखमा जनसम्पर्क क्षेत्र नं. ५ छनान/ फेन्तेक, क्षेत्र नं. ६ देगु ,क्षेत्र नं. ७ बुसान अधिबेशन हुने छ |
त्यस्तै दोस्रो चरण नोभेम्बर ८ मा क्षेत्र नं. १ सौल, क्षेत्र नं. २ ओईजम्बु, क्षेत्र नं. ३ ईन्छन र क्षेत्र नं. ४ आनसानमा केन्द्रीय प्रतिनिधिहरुलाई क्षेत्रीय समितिहरुसंग समन्वय गरि अधिबेशन सम्पन्न गराउने जिम्मा दिएको छ ।
अधिबेशन गराउने जिम्मा पाउनु हुने केन्द्रीय प्रतिनिधिहरुमा क्षेत्र नं. १ सोलका लागि आस्थाबिन्दु मल्ल र रामु कार्की, क्षेत्र नं २ ओईजम्बुमा कमल शाही र गोमा सापकोटा, क्षेत्र नं. ३ ईन्छनमा तेजेन्द्र सुवेदी र लक्ष्मण भान्ताना, क्षेत्र नं.४ आनसानका लागि जीतेन्द्र महता र श्रवण शाही, क्षेत्र नं. ५ छनान/ फेन्तेकमा खर्क डांगी र हरी भट्टराई त्यसै गरि क्षेत्र नं. ६ देगुका लागि हरी गौतम र केपी चौलागाईं रहेका छन् भने क्षेत्र नं. ७ मा मोहन पण्डित र आस्थाबिन्दु मल्ल लगायत रहेका छन् ।
यसै गरि उक्त बैठकले नेपाली कांग्रेसका यूवा नेता एवं नेविसंघ पूर्व महामन्त्री उमेशजंग रायमाझीको लिभरमा खराबी भइ उपचार धेरै मंहगो भएको र पारिवारिक स्थितिले धान्य नसक्ने भएकोले जनसम्पर्क समितिकि केन्द्रीय सदस्य आस्थाबिन्दु मल्लको संयोजकत्वमा केन्द्रीय सदस्य नवराज वाग्ले र नेविसंघ कोरिया शाखा अध्यक्ष जीतेन्द्र उपाध्याय सदस्य रहने गरि सहयोग संकलन समिति बनाएको छ ।
जनसम्पर्क समिति, दक्षिण कोरियाका सभापति नवराज शिबाकोटीले उमेशजंग रायमाझीको शिध्र स्वास्थ्य लाभको कामना गर्दै बिरामीको सहयोगका लागि आस्थाबिन्दु मल्लको उरी बैंकको खाता नं. 1002-036-46035 मा सक्दो रकम जम्मा गरि दिन हुन सम्पूर्ण कांग्रेसजनहरुलाई अनुरोध गरेका छन् ।