छुसकमा रुपन्देही सम्पर्क समितिको अधिवेशन हुने
फोको संवाददाता
सोल कोरिया
आउँदो छुसकमा रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको चौथो साधारणसभा तथा अधिवेशन हुने भएको छ ।
समितिले छुसकको तेस्रो दिन सेप्टेम्बर २८ तारिकमा अधिवेशन गर्ने संस्थाका अध्यक्ष प्रितम गुरुङ्ले जानकारी दिए ।
गुरुङ्को अनुसार अधिवेशनले अगामी २ वर्षको लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।
सोलको सुयु स्थित ह्याप्पी रेष्टुरेण्टमा हुने साधारणसभा तथा अधिवेशन कार्यक्रम दिनको ३ बजे सुरु हुने बताईएको छ ।
अधिवेशनका लागि कोरियामा रहेका सम्पूर्ण रुपन्देहीवासीहरुलाई उपस्थित हुन समेत अनुरोध गरिएको छ ।
ट्रेन लाईन नम्वर ४ प्रयोग गरी सुयु योक गेट नम्बर ५ हुँदै ह्याप्पी कुक रेष्टुरेण्टमा कार्यक्रममा सहभागी हुन सकिने आयोजकले जानकारी दिएको छ ।
रुपन्देही सम्पर्क समिति दक्षिण कोरिया २००८ सालमा स्थापना भई कोरिया स्थित विभिन्न संघ–संस्थाहरुसँग हातेमालो गर्दै सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको छ ।