युवाहरूको ढुकढुकी ‘द एक्स’ ब्याण्ड कोरिया आउदै
आशिष थापा मगर
सोल – कोरियामा रहेका संघ-संस्थाहरु मध्य पुरानो तथा अत्यन्तै क्रियाशील संस्था नेपाल गोरखा परिवार द.कोरियाले भुकम्प पीडित बालबलिकाहरूको शिक्षाको लागी भन्ने मूल उदेश्यका साथ कोरियन महान् पर्व चुसकको दोस्रो दिन अर्थात सेप्टेम्बर-२७ मा आयोजित मनास्लु सांगीतिक सौगात भाग-२ साथमा मन्त्र लाईभ कन्सर्ट गर्ने भनिएता पनि अन्तिम समयमा दिल्ली स्थित कोरियन राजदूतावासले बिविध कारणहरू देखाउदै भिसा स्थगित गरिदिएको हुनाले तपाईहरू समक्ष मन्त्र ब्यान्डको आगमन नहुने जानकारी गराउदै त्यसमा तपाईहरू प्रति पर्न गएको असुविधाको लागी गोरखा परिवार हृदय देखि नै क्षमा माग्दै गोरखा परिवारले मन्त्र ब्यान्डको अनुपस्थितिमा द एक्स ब्याण्ड ल्याउने जनाएको छ |
हाम्रो सिमानालाई बेचेको हो कि मिचेको हो,एउटा चिठीको साहाराले,बाईरोडको बाटोमा धुलो उडाउदै,तिम्रो नजरले,देखे है तिमीलाई हिजो है राती सपनीमा,हाम्रो नेपाल,चाङ्बा दाई जस्ता दर्जनौ गीतहरूबाट युवापुस्ताको ढुकढुकी बन्न सफल द एक्स ब्याण्डको साथमा लोक दोहोरी क्षेत्रका अत्यन्तै चर्चित गायिका राधिका हमाल पुन, चर्चित गायक तथा उद्-घोसक दीपसागर थापा मगर, लोक तथा आधुनिक गायिका सिन्धु मल्ल र नया आधुनिक युवा कमेडियन राजा राजेन्द्र लगायत साथमा गोरखा जिल्लाको मौलिक कौडा नृत्य साथै स्थानीय कलाकारहरूको बजोड प्रस्तुतिहुने भएकोले सम्पूर्ण कोरियाबासी महानुभाबहरुलाई उक्त दिन कार्यक्रममा सहभागी भई एक्स रकको साथमा भरपुर मनोरंजन लिई कार्यक्रमलाई भब्य सफल बनाई दिनु हुनको निम्ति नेपाल गोरखा परिवार हार्दिक अनुरोध गरेको छ |