अटिजमको क्षेत्रमा कार्यरत समाजसेवी सबितालाई सम्मान गरिने
मीन प्रकाश उप्रेती
सोल – अटिजम बालबालिकाहरुको हितमा काम गरेकी सबिता उप्रेतीलार्इ कोरियामा सम्मान गरिने भएको छ | अटिजम अभियान दक्षिण कोरियाले प्रदान गर्न लागेको पुरस्कार थाप्न उनी कोरिया आउदैछिन् । अटिजम अभियान दक्षिण कोरियाले यही सेप्टेम्बर २८ तारिख सोमबार सबिता उप्रेतीलाई एक समारोहबीच सम्मान गर्दैछ ।
अटिजम बालबालिकाहरुको हितको निम्ति नेपालमा उल्लेखनीय काम गरेको भन्दै अटिजम अभियान कोरियाले सबिता उप्रेतीलाई कोरियामा सम्ममा गर्न लागिएको कार्यक्रम संयोजक विक्रम ठकुरीले बताए ।
अन्तर्रास्ट्रियस्तरमा सम्मान पाई सकेकी सामाजिक अभियान्ता विशेष स्कुल तथा पुनःस्थापना केन्द्रकी संचालिका उप्रेतीलाई कोरियामा पनि सम्मान गर्न पाउनु कोरियाबासी नेपालीहरूको गैोरबको कुरा भएको संयोजक ठकुरीले बताए ।
अटिजम अभियान कोरियाले सङ्कलन गरेको आर्थिक सहयोग सोही कार्यक्रममा हस्तान्तरण गरिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा कोरियामा रहनु हुने सम्पूर्ण नेपालीबासी समुदाय उपस्थिति भई दिनु हुनको निम्ति संस्थाले हार्दिक अनुरोध गरेको छ |
मिति – सेप्टेम्बर २८ तारिख ( चुसकको दोस्रो दिन )
समय – ११ बजे बिहान
स्थान – जोगेसा गुम्बा कल्चर हल – सोल
थप जानकारीको लागि
कुसुम बास्ताेल(एकल यात्री ) – ०१०२१९०५८१९