पुष्प कुमार चौधरीको संयोजकत्व थारु कल्याणकारिणी द. कोरिया गठन
सोल – कोरियाको महान चाड छुसकको अबसर पारे कोरियाको विभिन्न ठाउमा छरिएर बसेका थारुहरु संगठित गर्ने उदेश्यका साथ थारु कल्याणकारिणी सभा दक्षिण कोरिया नामक एउटा संस्था गठन गरिएको छ |
राजधानी सोल स्थित दोङ्गदेमुनमा भेला भएर गठन गरिएको उक्त सभाले पुष्प कुमार चौधरीको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गर्दै आउदो सलनालमा साधारणसभा भब्यताका साथ सम्पन्न गर्ने योजना समेत पारित गरेको छ |
तदर्थ समिती निम्न छन् –
संयोजक- पुष्प कुमार चौधरी
उमेश चौधरी ,वसन्त , शिव, यज्ञ,अमर ,चन्द्र,तुलाराम, आर्यान, रेशम, बिनोद, पदम चौधरी , राजेश, मोहन र अबदेश चौधरी