सोलु सम्पर्क समितिद्धारा खोलिएको भाग्यशाली चिठठाको नतिजा प्रकाशित
दक्षिण कोरिया ः सोलुखुम्बु सम्पर्क समितिले खेलकुद विकास तथा आपतकालिन राहत कोष सहयोगार्थ संचालन गरेको भाग्यशाली चिठ्ठाको नतिजा प्रकाशित गरेको छ । सेक्टेम्बर २८ तारिख सोमबार दक्षिण कोरियाको राजधानी सउलमा आयोजना गरिएको अटिजम बालबालिका सहयोग तथा सम्मान कार्यक्रममा उक्त भाग्यशाली चिठ्ठा खोलिएको हो ।
भाग्यशाली चिठठा पाउनेहरुमा चिठ्ठा नम्बर ००२२६३ का दिलीप क्षेत्री पहिलो, ००२४९८ हयोनजन गुरुङ दोस्रो र ००२०४५ प्रकाश अधिकारी तेस्रो भएका छन् । त्यसैगरी सान्त्वना पाउनेहरुमा क्रमश ००३१४ रिजेन, ००२२९६ शान्तिदेवी राई, ००१९०८ संजीव थापा, ००२४९९ हयोजन गुरुङ र चिठठा नम्बर ००११६७ रोसन आचार्य रहेका छन् । भाग्यशाली चिठ्ठामा प्रथम हुनेलाई ११ लाख वन, दोस्रोलाई ७ लाख वन, तेस्रोलाई ४ लाख वन र सान्त्वना हुनेलाई ४०, ४० हजार वनका साथमा सुवनस्थित एभरेष्ट रेष्टुराँमा नेपाली खानाको कुपन समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
भाग्यशाली विजयताहरुलाई धन्यवाद र नतीजा अनुसार पुरस्कार परेका व्यक्ति यही अक्टोवर 15तारिक भित्रमा सम्बन्धित व्यक्तिसँग सम्पर्क गरी चिठ्ठाको अर्धकटी सहित दावी गर्न हुन संस्थाको अध्यक्ष प्रकाश राईले अनुरोध गरेका छन, यस चिठ्ठा आयोजनाको लागी सहयोग गर्नु हुने म्याग्दी सेवा समाज,लगायत अन्य संघसंस्था र कोरियाको महान चाड छुसकको अवसरमा आयोजीत भेटघाट तथा अन्तरकृया कार्यक्रममा उपस्थित भई सहयोग गरीदिनु हुने सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुमा धन्यवाद व्यक्त गरेका छन/
सम्पर्कको लागी:-01048852543,01059652775,01048836362