कोरियामा विप्लप नेतृत्वको भातृ संगठन
सोल -दक्षिण कोरियामा नेकपा माओवादी (विप्लप नेतृत्व) को भातृ संगठन जनप्रगतिशील मोर्चा गठन भएको छ ।
कोरियाको पर्व छुसकको बिदा अवसर पारेर राजधानी सोलमा एक कार्यक्रम गरी जनप्रतिशिल मोर्चा गठन गरिएको हो । मोर्चाले लोक रानाको अध्यक्षतामा १९ सदस्य कार्य समिती गठन गरेको छ ।
उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश नरेश रायमाझी, रमेश थापा, कृष्ण बस्नेत र आकाश ओली रहेका छन । सोलको तुन्देमुनमा रहेको डीआर इन्टरनेश्नलको सभाहलमा भएको कार्यक्रममा कोरियामा रहेर बिभिन्न पेशा, रोजगार तथा बिभिन्न संघ संस्थामा आवद्ध नेपालीहरुको उपस्थिती थियो ।
मोर्चा गठन पश्चात कार्यक्रममा बोल्दै अध्यक्ष लोक रानाले क्रान्तिmकारी शतिmहरुलाई गोलबन्द गरी आगामी दिनहरुमा मोर्चाका गतिबिधि तिब्र रुपमा अगाडी बढाउने बताए । मोर्चाले कोरियाको बिभिन्न क्षेत्रमा रहेका नेपालीहरुलाई संगठीत गर्न छिट्टै नै क्षेत्रिय कमिटी गठन गर्ने जनाएको छ ।
त्यस्तै भारतले नेपालमा गरेको नाकाबन्दी तथा नेपालमाथीको ठाडो हस्तछेपको घोर बिरोध गरेको छ ।