रुपन्देही सम्पर्क समिति कोरियामा गौतम
सोल कोरिया
रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको पाँचैांसाधारणसभा तथा अधिवेशनले हरि गौतमको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
गएको सेप्टेम्बर २८ तारिक सोमबार सम्पन्न अधिबेशनले बरिष्ठ उपाध्यक्षमा रामु कार्की, २ उपाध्यक्षमा श्रवण शाही र अनिल केसी, सचिवमा राजेन्द्र बस्याल, सहसचिवमा बिशाल बस्याल, कोषाध्यक्षमा आशिष भण्डारी र सहकोषाध्यक्षमा नेगेन्द्रबहादुर भण्डारीलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा शंकर गुरुङ्, मिलन कार्की, दिनेश वाग्ले, अञ्जु पाण्डे, कौशल न्यौपाने, राखी शाक्य र कमल जिसी चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना र बधाई दिईएको थियो ।
अधिवेशनमा निर्वाचन कार्यक्रमको लागि निर्वाचन मण्डलमा संयोजक राजु क्षेत्री, सदस्य दुर्गा न्यौपाने, दिपक गिरी र बसन्त श्रेष्ठ रहेका थिए ।
बन्दसत्रपूर्व उद्घाटनसत्रको कार्यक्रममा कोरियाका लागि श्रम सहचारि अनिल गुरुङ्, एनसीसी कार्यबहाक अध्यक्ष अञ्जु केसी, संस्थाका संरक्षक राजु क्षेत्री लगायतले शुुभकामना दिएका थिए ।
रुपन्देही सम्पर्क समिति दक्षिण कोरिया २००८ सालमा स्थापना भई कोरिया स्थित विभिन्न संघ–संस्थाहरुसँग हातेमालो गर्दै सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको छ ।