संघिय समाज द.कोरिया द्वारा पार्टी सम्बद्द “प्रवास सम्पर्क समिती” गठन
संघीय समाजबादी फोरम नेपालको प्रबास संगठन कोरिया स्थित नेपाली संघिय समाज द.कोरियाले पार्टी सम्बद्द “प्रदेश प्रवास सम्पर्क समिति” गठन गरेको छ । गत सेप्टेम्बर २८ दोंगदेमुनमा कोरियाको महान चाड चुसकको अबशर पारेर पार्टी भेटघाट कार्यक्रममा बिभिन्न “प्रदेश प्रवास सम्पर्क समिति” गठन गरेको हो ।
“प्रदेश प्रवास सम्पर्क समिति” अन्तर्गत तमुवान प्रदेश प्रवास सम्पर्क समिती इन्चार्ज धिरज गुरुङ, ताम्सालिङ प्रदेश प्रवास सम्पर्क समिती इन्चार्ज देबराज स्याङ्तान, किंरात प्रदेश प्रवास सम्पर्क समिती इन्चार्ज यम कुमार राई, मगरात प्रदेश प्रवास सम्पर्क समिती इन्चार्ज किरण थापा मगर र लिम्बुवान प्रदेश प्रवास सम्पर्क समिति इन्चार्ज नोगेंङ् नेम्बाङ् रहेका छन् ।
“लिम्बुवान प्रदेश प्रवास सम्पर्क समिति” अन्तर्गत सदस्यहरुमा क्रमशःपुर्ण नेम्बाङ, राजेन्द्र चेम्जोङ, नेत्र सम्बाहाम्फे, इमुहाङ फियाक, कमल चेम्जोङ, दिपेन्द्र आङ्बुहाङ, राम आङ्बुहाङ, महेश केरुङ, चन्द्र सम्बाहाम्फे, किरण लिम्बू, दिवस सम्बाहाम्फे र दुर्गा आङ्बुहाङ रहेका छन् ।
सो पार्टी भेटघाट कार्यक्रममा नोगेन नेम्बाङ् लाई सर्बसहमतिबाट नेपाली संघिय समाज द.कोरियाको उपाध्यक्ष पदमा नियुक्ति गरेको छ साथै अहिले नेपालमा जारी भएको संविधानको बिषयमा बृहत छलफल गरी पार्टीको भूमिकाको बिषयमा समेत छलफल भएको जनाएको छ ।
नेपाली संघिय समाज द.कोरियाका अध्यक्ष दिपेन्द्र राईको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा, जनजाती महासंघ द.कोरियाका अध्यक्ष चित्र ब. मोक्तान, किरात राई यायोख्खा द. कोरियाका अध्यक्ष दिनेश राई, निबर्तमान अध्यक्ष टिका राई, पत्रकारहरु र अन्य विभिन्न पेशा र संगठनमा आबद् नेपाली हरुको उपस्थित रहेको थियो ।