कोरियाद्धारा नयाँ संबिधानको स्वागत
सोल-दक्षिण कोरिया सरकारले नेपालमा गत असोज ३ गते जारी भएको नयां संबिधानको स्वागत गरेको छ ।
एक प्रेस बिज्ञप्ति जारी गर्दै उसले नेपालमा नयां संबिधान जारीको ऐतिहासिक अवसरले नेपालको राष्ट्रिय एकताको प्रबर्द्धन , राजनैतिक स्थिरताका साथै नेपाललाई आर्थिक सम्पन्नता तथा राष्ट्रिय विकासको बाटो अघि बढाउन सहयोग पुर्याउने आशा समेत प्रकट गरिएको छ ।
साथै नेपाल र कोरिया बीच सन् १९७४ मा कुटनैतिक सम्बन्ध स्थापना पश्चात विकसित मैत्रीपूर्ण सम्बन्धलाई कोरिया सरकारद्धारा उच्च महत्व समेत दिईएको जनाईएको छ ।
कोरियाली सरकारले नेपालमा भुकम्पपछिको पुर्ननिर्माण सहयोग पुर्याउन्दै आएको जनाउदै बिज्ञप्तिमा आगामी दिनमा पनि नेपालको विकास प्रक्रियामा नियमित रुपमा संलग्न भई द्धिपक्षिय सम्बन्धलाई थप मजबुत बनाउन सहकार्य गर्ने समेत उल्लेख गरिएको छ ।
कोरिया सरकारले नयाँ संविधानको स्वागत गरेको सेप्टेम्बर २२ तारिख नै फ्याक्स मार्फत सोलस्थित नेपाली दूताबासलाई जानकारी गराए पनि संचारकर्मीहरुलाई सो को जानकारी दूताबासले शुक्रबार मात्र गराएको हो |