एनआरएन कोरियाको पाचौं अधिबेशनका अध्यक्ष पदका प्रत्यासी रबिन तामाङ्द्वारा बधाई तथा शुभकामना ब्यक्त
सोल – एनआरएन कोरियाका निबर्तमान बरिष्ठ उपाध्यक्ष तथा पाचौं अधिबेशनको अध्यक्ष पदका प्रत्यासी रबिन तामाङ्ले दक्षिण गैर आवासीय नेपाली संघ एनआरएन कोरियाको पाँचौ अधिबेशन(२०१५ सेप्टेम्बर २९ तारिख) बाट नव निर्बाचित सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको कामना ब्यक्त गरेका छन् |
उनले एनआरएन कोरियाको अध्यक्ष पदमा बिजय हाशिल नगरे पनि निरन्तर आवाशीय मजदुरको हक हितमा लाग्दै समाज सेवाबाट कदापी पछाडी नहट्ने प्रतिज्ञा ब्यक्त गरेका छन् |
एनआरएन कोरियाको पाचौ अधिबेशनमा अहोरात्र खटि सहयोग गर्नु हुने सम्पूर्ण संघसंस्था, ब्यापारी, बिद्यार्थी , समाजसेवी , राजनीतिक संगठन लगायत सम्पूर्ण नेपाली समुदायलाई बिशेष आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका छन् |