एन अार एन कारियाका नब निर्वाचित अध्यक्ष,उपाध्यक्ष र महासचिवलाई बधाई तथा स्वागत सम्पन्न
अनुराग सापकाेटा
सोल – एन अार एन दक्षिण काेरियाका नव निर्वाचित कार्य समितिलाई युथ फर चेन्ज दक्षिण काेरियाले एक कार्यक्रमका बिच शनिवार स्वागत तथा बधाई गरेकाे छ ।
सोलको दाेङ्देमुन दर्शन नमस्ते रेष्टुरेष्टमा एन अार एन काेरियाका नब निर्वाचित अध्यक्ष राजु क्षेत्री,उपाध्यक्ष बिपिन गुरुङ र महासचिव दिपक पुनलाई परिवर्तन का लागि युवा युथ फर चेन्ज दक्षिण काेरियाले दाेसल्ला खादा अाेड्याएर सम्मान गरेकाे हाे
सम्मान कार्यक्रममा बाेल्दै युथ फर चेन्जका संयाेजक सज्जन कुमार सिंहले काेरियाका युवाहरु बीच छफलफल गरि स्वदेशमा लगानी उत्पादन र देशकाे समग्र परिवर्तनमा सहभागी गराउने कार्यक्रम संचालन गर्न र सफल कार्यकालकाे शुभकामना ब्यक्त गरे । एन अार एन एसिया प्यासेपिक संयाेजक गंगाराज राईले एनअारएनकाेरियाकाे नया कार्यसमितिले युवा परिचालन सहित विशेष काम गर्नुपर्ने बताए |
प्रतिबद्धता मन्तव्य ब्यक्त गर्दै नब एनअार एन काेरियाका नव निर्वाचित अध्यक्ष राजु क्षेत्रीले अबकाे एन अारएनले अघिल्लाे कार्यकालकाे गल्ति कमजाेरि हटाउदै नया खालकाे कार्यक्रम र युवाहरु परिचालन गर्दै काेरियाका मजदुर काे पक्षमा र नेपालकाे पक्षमा काम गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयाे ।
नबनिनिर्वाचित उपाध्यक्ष बिपिन गुरुङले एन अारएन काेरियामा अाएर केही काम गर्न चाहेकाेले सबैकाे सहयाेग र साथ अावश्यक रहेकाे बताए ।
त्यसै गरि नवनिर्वाचित महासचिव दिपक पुनले काेरियाका 34 हजार युवाले सिकेकाे सीप र अनुभव लाई नेपालकाे बिकासमा प्रयाेग गरि कार्यबिधि बनाएर अघि बढ्ने र सबै युवाले साथ समर्थन र मार्ग निर्देशन गर्नुपर्ने बताए ।
कार्यक्रममा एनअार अारएन जापानका एनसिसि प्रतिनिधि अर्जुन अधिकारी,जनअधिकार मञ्चका प्रवत्ता चुडामणि अधिकारी,समाजसेवी तारा केसी लगायतले सफल कार्यकालकाे शुभकामना ब्यक्त गरेका थिए |
युथ फर चेन्जका सचिव दिपक गाैतमकाे संचालन बिरु कार्किकाे स्वागत र सज्जन कुमार सिंहकाे अध्यक्षमा कार्यक्रम सम्पन्न भएकाे छ ।