तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा अनिल लामिछाने मगर २०७९ को मगर व्यक्तित्व घोषणाबाट सम्मानित
२०७९ सालको मगर व्यक्तित्व घोषित हुँदै अनिल लामिछाने मगर कोरियामा सम्मानित भएका छन् । नेपाल मगर संघ दक्षिण कोरियाले हरेक बर्ष मगर समुदायमा पुर्याएको योगदानको कदर गर्दै मगर व्यक्तित्व घोषणा गर्दै आईरहेको छ । यस वर्षको अनलाईनको माध्यमबाट समाजमा पुर्याएको कामको योगदान स्वरूप माघे सकरातीको अवसर पारी लामिछाने मगर सम्मानित भएका हुन् । कोरियाको व्यस्त जीवनशैलीको बाबजुद समयलाई सदुपयोग गर्दै फेसबुक अनलाईन ग्रुप मगर संसार फोटो ग्यालरीको माध्यमबाट निकै गर्वफुर्सदमा
कोरियामा माघि पर्व अनु चौधरीको साथमा मनाइयो
थारु कल्याणकारी सभा दक्षिण कोरियाले चर्चित गायिका अनु चौधरीको साथमा माघी पर्व मनाएको छ । सोमबार भएको कार्यक्रममा कोरियामा रहेका क्षेत्रिय र जातिय संस्थाका प्रतिनिधिहरुले उल्लेखनिय रुपमा सहभागिता जनाएका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष विसन राईले जनजातिमा दोस्रो ठूलो संख्या भएर पनि राज्यको दमनकारी नीतिका कारण धेरै पछि रहेको बताएका थिए । त्यस्तै वाग्मती प्रदेश एकता समाजका रविप्रताप घिसिंङले कोरिया सानो संख्यामा हरेका क्षेत्रफुर्सदमा
घेदुङ कोरियाले ल्याउने कलाकारको भिसा लाग्यो : १९ तारिखमा कोरिया आउने
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन अर्थात जनवरी २१ तारिखमा गर्ने सोनाम ल्होछार मनाउन नेपालबाट आउने कलाकारको भिजा लागेको छ । गायक आरम्भ तामाङ, प्रकाश तितुङ तामाङ र गायिका पूजा तामाङ नेपालबाट आउने छन् । घेदुङको कलाकार व्यवस्थापन समितिका संयोजक शुभराज भोम्जनले दिएको जानकारी अनुसार कलाकार १९ तारिख नेपालबाट कोरिया आउने छन् । यस बर्ष घेदुङले तामाङ भाषा, धर्म, संस्कृतिको संरक्षण गरौ ! आफ्नो पहिचान र अस्तित्वको लागिफुर्सदमा
स्याङ्जा भिरकोट आठथर तमू समाजले कोरियामा हर्षोल्लासका साथ मनायो तमू ल्होसार
स्याङ्जा भिरकोट आठथर तमू समाज दक्षिण कोरियाले गत डिसेम्बर ३१ तारिक शनिबार सउल दोङ्देमुन स्थित नेपाली थाई रेष्टुरेन्टको हलमा तमू (गुरुङ) समुदायको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार भव्य रुपले मनाएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गर्दै रात्रीभोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहित सो ल्होसार मनाएको हो । तमू धीं दक्षिण कोरिया केन्द्रीय अध्यक्षफुर्सदमा
कोरियाको बुसानमा विविध साँस्कृतिक कार्यक्रम सहित तमू ल्होसार धूमधाम मनाईयो
तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले तमू (गुरुङ) समुदायको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार गत आइतबार बुसान स्थित जिकेएस हलमा भव्य रुपले मनाएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गर्दै दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहित सो ल्होसार मनाएको हो । “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात्फुर्सदमा
कलाकार पवित्र गुरुङको साथमा थेगुमा तमू ल्होसार हर्षोल्लासका साथ सम्पन्न
कोरियाको दक्षिणी भेग थेगु सहर स्थित मेईल गार्डेनमा तमू (गुरुङ) जातिको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार कार्यक्रम दि भ्वाइस अफ नेपाल सिजन ४ की प्रतियोगी पवित्र गुरुङको साथमा गत आइतबार भव्य रुपले सम्पन्न भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गरी तमू धीं दक्षिण कोरिया थेगु शाखाले दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहितफुर्सदमा
कलाकार उषा गुरुङको साथमा कोरिया सउलमा तमू ल्होसार भव्यताका साथ सम्पन्न
दक्षिण कोरियामा छरिएर रहेका तमू (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार, सँस्कृति तथा परम्परालाई संरक्षण गर्ने महत्वपूर्ण उद्धेश्य सहित तमू धीं दक्षिण कोरिया केन्द्रले सउल स्काई पार्क होटलमा गत आइतबार ल्होसार मनाएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गरी ल्होसारको अवसरमा दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्दै सो ल्होसार मनाएको हो । “प्येफुर्सदमा
कोरियामा रहेका मगर समुदायले माघे सकराती जनवरी २२ मा मनाउने
दक्षिण कोरियामा रहेका मगर समुदायले माघे सकराती सलनालको दास्रो दिन अर्थात जनवरी २२ मा मनाउने भएको छ । नेपालबाट आमन्त्रण गरिएको कलाकारको साथमा मनाउन लागिएको कार्यक्रममा मगर समुदायको सांस्कृतिक झल्को हेर्न सकिनेछ । चाड पर्व कानुङ सम्पटि, जीवाक्के परिस्ले माराकिङ विकृति अर्थात चाडपर्व हाम्रो सम्पति, संरक्षण गरौ मिलेर ल्याउन हुँदैन विकृति भन्ने नारा सहित हुन लागको कार्यक्रमका लागि नेपालबाट चर्चित गायिका सीता थापामगर आउँदैछिन् भने साथमा कोरियामै रहेका कालकारहरुको पनिफुर्सदमा
शेर्पा संघले ग्याल्पाे ल्होसार जनवरी २२ मा गर्ने
शेर्पा संघ दक्षिण कोरियाले सालनालको दोस्रो दिन जनवरी २२ तारिखमा ग्याल्पो ल्होसार मनाउने भएको छ । भाषा, लिपि, मौलिक चाडपर्व हाम्रो अभियान, ऐतिहासिक संस्कृति संरक्षण र विकास गर्ने हाम्रो अभियान भन्ने मूल नारा सहित हुने कार्यक्रममा डिजे एपी तेन्जिङ र कोरियामा रहेका शेर्पा कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ । ‘२१५० औं ल्होसार कार्यक्रममा संस्कृतिक कार्यक्रम त हुने नै छ । शेर्पा जातिको सामाजिक पक्ष पनि कार्यक्रममा आएर हेर्न सकिने छ ।फुर्सदमा
थारु कल्याणकारी सभा दक्षिण कोरियाले सालनालको तेस्रो दिन जनवरी २३ सोमबारमा माघी पर्व मनाउने
थारु कल्याणकारी सभा दक्षिण कोरियाले सालनालको तेस्रो दिन अर्थात जनवरी २३ सोमबारमा माघी पर्व मनाउने भएको छ । थारुहरुको महान चाड माघी कोरियामा रहेका थारु समुदायले प्रत्येक बर्ष मनाउँदै आएको भए पनि कोरोना महामारीका कारण तीन बर्ष देखि भएको छैन । थारु परिकार र कोरियामै रहेका थारु कलाकारहरुको बेजोड प्रस्तुती हुने थारु कल्याणकारी सभाका अध्ययक्ष शिवशंकर महतो थारुले बताएका छन् । ‘झण्डै तीन बर्ष पछि हामीले यो कार्यक्रम गर्न लागेकाफुर्सदमा