समृद्ध बन्दै रुम्जाटार
नगर्नेहरु आम नेपाली जस्तै यो गाउ मा पनि प्रसस्तै छ । लुम्रे लामरे ,झुत्रो फाटेको लाएकाहरुलाइ साइनो पनि हिच्किचाउछन । गाउमा रहेका सोझा सिधालाई हप्की दप्की र ठुलो स्वर गर्नु आफुलाई सम्पन्नता को कसीमा राखेर हेर्छन |आफैले भागेको कुरा |मेरो बुवा गाउकै भूपू सनिकहरुले बनाएको क्लबमा कार्यालय सहयोगी काम गर्नुहुन्थ्यो |त्यहा बेला मौका पार्टी भोज भैरहन्थ्यो |त्यस्तो बेला काम सघाउन मलाइ पनि बुवाले संगै लैजानु हुन्थ्यो |एक दिन म पनि गएको थिए बुवा संगै |एक जना भू पु गोर्खा सनिक लाहेर जो साइनोमा मेरो बुवा भन्दा भाइ पर्दो रहेछ ।म सानै थिए । मैले धेरै पल्ट बिचार गरिरहेको थिए |मेरो बुवालाइ उनी काम अर्हौदा यसो उसो गर्दा निकै चर्को स्वरमा रुखो किसिमले ठाडो बोल्थे। नचाहिदो रवाफ देखाएको मेरो बाल मानसले सजिलै छनक पाउथ्यो । हातमा औला पिछे औठी,गला , नारि जताततै सुनले पेहेलपुर थिए ति काका |सम्पत्तिको दम्भ प्रस्टै |पछी घर आएर मैले बुवालाई सोधे त्यो मान्छे को हो किन त्यसरी बोलेको भन्दा मलाइ बुवाले भन्नुहुन्थ्यो “उनीहरु ठुलो ठालो । धनीमानी त्यस्तै हो । हामिसंग सम्पाती छैन त्यसैले हेप्छ नि । “र अर्को कुरा त्यै क्लबको काममा जादा एक जना दाइ पर्नेले राती मेरो बुवालाई लछार थर्काएछ । मेरो बुवा कत्तिको सोझो र सिधा भन्ने कुरा रुम्जाटार बासीले राम्रै चिन्छन | रक्सि खाएर मातेको थियो रे त्यो दाइ । उ पनि घोंड़े नै अझ मास्टर पनि |त्यो कुरा निकै पछी मात्रै भन्नु भो बुवाले एक सुरले मलाइ घरमै गएर झगडा गरौ जस्तो लाग्याथ्यो |बुवाले भन्नु भो झगडा गर्नु हुदैन मनमा लिनु,माछे चिन्नु सहनु ठुलो कुरा हो |गाउ त हाम्रै हो ,आफ्नै हो |यस्तो नचाहिने व्यवहारहरु प्रसस्त छ हाम्रो गाउमा | र सोझो सिधा भएर सहने हाम्रो चलनले यस्ता तत्वहरु अझ बाउ बाजेको नाम फलाक्दै फलानको सन्तान पो त हामि भन्दै अन्याय गर्ने अझै पनि थुप्रै छन् |अब झन् आधुनिकताको नाममा शहर बन्दैछ । हाम्रो सामजिक सास्कृतिक मुल्य मान्यता के होला रुम्जाटारबासीहरुले सजग हुने बेला आएको छ |
धेरै सुनेको कस्तो नाम हो रुम्जाटार कस्तो होला एक पल्ट जान मन छ भनेर भन्दा आनन्द लाग्छ |
अब कुरा गरौ समृद्ध रुम्जाटार को । समृद्द रुम्जाटार को आधारहरुको । नव निर्मित सुविधा सम्पन्न अस्पताल,बिएसम्मको अध्ययन सुविधा भएको प्राविधिक शिक्षा सहितको सैक्षिक सस्था,टेलिफोन,प्राइभेट बोर्डिंग सुकलहरु, बजार मठ मन्दिर बन्दै गरेको कालो पत्रे सडक,रुम्जाटार वासीहरुको महत्व्वाकांक्षी योजना बन्दै गरेको वौद्द गुम्बाले वैभवशाली रुम्जाटारको सौन्दर्यलाइ उजागर गर्नेछ |प्याच्च बोले पनि मनमा पाप नभएको गुरुङ समुदायको मिजासिलो व्यवहार समृद्द रुम्जाटार का आधार हुन् । देश विदेशमा रहेका खास गरि भूपू गोर्खा सैनिकहरुको रुम्जाटारको विकास र समाज सेवामा विशिस्ट योगदान छ |आगामी दिनहरुमा समाज सेवामा मात्र सिमित नराखी व्यवसायिक रुपमै उहाहरुको पुजीलाइ उद्योग कल कारखाना स्थापनाको लागि भित्र्याउन सके रुम्जाटार बासीले रोजगारको लागि विदेश ताक्नु नपर्ने वातावरण सिर्जना हुन् सक्छ |बिभिन्न टोल र समूहमा रहेका परिवर्तन कामि युवा क्लबहरु, महिला समूहहरु सम्रीद्द रुम्जाटार आधार शिला हुन् सक्छ |धर्म कर्ममा विस्वास राख्ने गुरुङहरु एक अर्काको दुखमा रमिते मात्रै हुदैन आफुले सकेको योगदान गर्न पनि भुल्दैन ।
आउन नदिनको लागि जोगाइ राख्नु पर्ने अर्को महत्वपूर्ण कुरा हो पर्यावरण |अहिले चारै पट्टि ढाकिएको रुम्जाटारको वनजंगल बुट्यान र यसको आसपास रहेको खोला खोल्सी स्थानीय ढुंगेधाराहरु,पानीको मुहानहरुको दिगो संरक्ष्ण जरुरि छ |बिस्तारै रुम्जाटारमा कंक्रिट जंगल वृद्धि हुने निश्चित छ |बढ्दै जाने घना बस्तिबाट निस्कने ढल,मल मुत्रको व्यवस्थापन त्यहाको पर्यावरणमा असर न पार्ने किसिमले व्यवस्थापन गरिनु पर्छ | केवल भौतिक पूर्वाधारहरुको थप मात्रै बिकास होइन त्यो त् बृद्दी मात्र हो |डा.हर्क गुरुङ को भनाइमा “काम गर्ने तरिकामा या आर्थिक प्रणालीमा परिवर्तन आयो भने मात्रै विकास हुन्छ । ” भौतिक रुपले रुम्जाटार झिलिमिली हुदै जाला तर त्यसको आत्मा रुम्जाटार बासिहरु सधै रोजगारकोलागि विदेशै धाउनु पर्यो भने त्यसको के अर्थ |त्यस्तै रुम्जाटारको अर्को परिचयको पाटो हो कला साहित्य,संगीत |सन्त ज्ञानदिल दास,मेलवादेवीसिंह राज गुरुङ,गङ्गा राणा,शक्ति श्रेष्ठ,कल्याण राई ,मौसमी गुरुङ यहि माटोका सन्तान हुन् |यति खेर मध्य वर्षामा हामि देश विदेश जहा भए पनि हाम्रो साउने भाका यम साइली सम्झी रहेका छौ ],यो भाका संगै हाम्रो चेलीबेटी,माइती, स्थानीय बाटो घाटो गुरुधाम,ठाडो बाटो .भिर खोरे,स्कुल चौर.ठुलो बर रुख भगवती बजार,ठोट्ने सिस्नेको सेरो फेरो ,चिउरी बोटे,आरुबोटे पाखा कालिमाटी ,सेराफाट,आग्ने ढुंगा,काभ्रेपाखा,सुँगुर बोटे, हामीले खाने रोटि रक्सि, हुकाई,चेलिमाईती मिलेर तेर्सो बाटोमा दशैँमा पिंग पूज्ने चलनहरु हाम्रो सास्कृतिक धरोहारहरु हुन् |
यसले हाम्रो सुन्दर र शान्त रुम्जाटारलाइ जीवनको धड्कन दिईरहन्छ | केवल नाच्ने गाउनेलाइ मात्र सस्कृति भन्ने हाम्रो संकुचित मानसिकता छ | सस्कृतिविद सत्य मोहन जोशी ले भनेका छन “सस्कृति भनेको जीवनको तौर तरिका हो (The way of life is culture.)”यसैले हामि जिउने जीवन कत्तिको आफ्नो सस्कृति मैत्री छ। मौलिक्तापूर्ण छ ?,आफ्नो माटोको सस्स्कार सस्कृति अनवरत राख्न के गर्नु पर्दछ |यी कुराहरुले पनि समाजको सम्रिद्दीमा गहन अर्थ राख्दछ । आज कलको जमाना आफु एक्लो मात्र सफल होइन समग्र समाजलाइ नै कसरी सफल र समृद्द बनाउने भन्ने कुराले सफलता र सम्रिद्दीको मापन गर्छ |वुद्द भगवानको वचन नै छ संघम शरणं गच्छामी । सं घ अर्थात समूहको शरणमा जाउ या समुहमा हातेमालो गरेर हिड अनि लक्ष्य प्राप्ति हुन्छ |विजय कुमारले मदन पुरस्कार बिजेता खुशीमा लेखेका छन् “हिजो आज म कुन मान्छे कति धनि या सम्पन्न छ भन्ने कुरा उसले गरेका सामाजिक कार्यहरुको योगदान बाट मापन गर्छु “
त्यसै गरि अहिले देश बिद्श मा रुम्जाटारे का धेरै छोराछोरीहरु प्रतिष्ठित स्कुल,विश्व विद्यालयहरुमा अध्यन गरिरहेका छन् |कोहि जागिर गरिरहेका छन् । उनीहरुलाई पनि आफ्नो ज्ञान,सिप र दक्षता अनुसार फुल टाइम नभए पनि वार्षिक बिदामा नेपाल आउदा आफ्नो जन्म भुमिको बिकासमा पनि जोड्न सके समृद्ध रुम्जाटारको कल्पना टाढाको विषय हुन्न । तर बिडम्बना अभिभावकहरु आफ्नो छोराछोरीलाइ गाह्रो हुन्छ भनेर कतिपयले गाउमा न पठाएको पनि देखेको छु | अर्को मैले धेरै देखेको हाम्रो अग्रजहरु सामजिक कार्यहरुमा खट्नु हुन्छ । दिल खोलेर मोटो रकम सहयोग पनि गर्नु हुन्छ |तर धेरैले त्यस्तो सामाजिक कार्यहरुमा आफ्नो छोरा छोरी सहभागी गराउने,आफन्त चिनजान गराउने,सामाजिक र सास्कृतिक अन्तर घुलन गराउने कमै मात्र हुनुहुन्छ। यदि आफ्नो सन्तानलाइ संग संगै तपाइँले गर्नु भएको कार्यहरुमा सहभागी गराउनु भएन भने तपाइको योगदान। कार्यहरु दिगो हुन् सक्तैन |पुस्तान्तर हुन्छ पुस्ता हस्तान्तरन हुदैन । यो पनि समृद्ध रुम्जाटारको आधार हुन् सक्छ |त्यसैले हामीले संग संगै हाम्रो सन्तानलाइ संगै सहभागी गराउनु पर्छ । यहि कारण म कहिलेकाही भन्ने गर्छु “हामी साथ् साथ् “।
अर्को कुरा मैले बेला बखत भन्दै आएको गाउले कोषको बारे मा केहि ऊल्लेख गर्न चाहन्छु । हुन् त् म कुनै विज्ञ होइन । मेरो भावना मात्रै । यसो गर्न सके दीन दुखिहरुलाइ सेवा दिन सकिन्थ्यो भन्ने। रुम्जाटार धर्म,कर्ममा अगाडी छ। धर्म हुने विस्वासमा धेरै घरमा धार्मिक कार्यहरु वर्षे भरि भैरहन्छ। यसैले भनेका होला सन्त ज्ञान दिल दासले “….धर्म र कर्म गुरुङ ले गरे छक परे बाहुन |रुम्जाटार वरपर को मान्छेहरुले पनि भन्ने गर्छन । रुम्जाटार सम्पन्न छ,धनि गाउ हो । परम्पगत भेडा पालन व्यवसायबाट चिस्थापित भइ यहा का गुरुङहरु लाहुर जाने चलन अनि आथिक कारोबार बढी भएकोले पनि यसो भनिएको होला | तर रुम्जाटार भित्र पनि धेरै दीन हीनहरु छन् |धेरैको जीवनस्तर औसत टारेलीको भन्दा कम छ । हुन त देशै हाम्रो गरिब राष्ट्र हरु को समुह मा पर्छ। र सामान्य आर्थिक अवस्था भएकाहरुलाई पनि भगवानको कान मा नपर्दा प्राण घातक रोगहरु,क्यान्सर ,मृगौला फेल, मुटु रोगहरु लाग्यो भने उपचार गर्न निकै कठिन हुन्छ |त्यसतै बेला बखत पर्ने दैवी प्रकोपहरुमा समेत एक दमै गारो हुन्छ |यी कुरा हरुको यवस्थापन र समाधान हामि
आफै गाउले हरुले एउटा गाउले कल्याण कोष बनाएर गर्न सक्छौ |त्यो कोषमा प्रत्येक रुम्जाटार वासीले आफ्नो घरमा आयोजन गर्ने शुभ कार्यहरु विवाह,पास्नी,छैठी.ब्रतवन्ध,जमोत्सव पार्टी,प्रमोशन पार्टीहरुमा खर्च हुने लाखौ लाख रुपैया यस्तै अशुभ मृत्युको काम कार्जेमा पनि हामि लाखौ लाख दान गर्छौ ।