म्याग्देली घर निर्माणार्थ महिला पुरुष भलिबल प्रतियोगिता हुने


सोल, दक्षिण कोरियामा म्याग्देली घर निर्माणार्थ रनिङ कप २०१६ प्रतियोगिताको आयोजना गरिने भएको छ । महिला पुरुष भलिबल प्रतियोगिता  म्याग्दी प्रवासी नेपाली संघ दक्षिण कोरियाले आयोजना गर्न लागेको हो । प्रतियोगिता आगामि जुलाई ३१ तारिख आइतबारको दिन गाङबुक युथ सेन्टरमा बिहान १० बजेदेखि सुरु हुने भएकोले कोरियामा रहेका विभिन्न संघ संस्थाहरुलाई खेलमा सहभागिता जनाइ सहयोग गरिदिन आयोजकले आग्रह गरेको छ ।
भलिबल प्रतियोगिताको टाइसिट दोङनेमुनस्थित नाङ लो रेष्टुरेन्टमा जुलाई १७ तारिख दिनको १२ बजे हुने भएकोले संघसंस्थाका प्रतिनिधिहरुले प्रतिनिधि पठाइदिन पनि आग्रह गरेको छ । कार्यक्रममा सफल पार्न विभिन्न संघसंस्थासहित समाजसेवी, बुद्धिजिवी, पत्रकार तथा विद्यार्थीहरुलगायत दर्शक महानुभावहरुलाई उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।
उक्त भलिवल प्रतियोगिताका लागि टीम दर्ता शुल्क दुई लाख पचास हजार वन राखिएको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई कप सहित १२ लाख वन, दोस्रो हुनेलाई नौ लाख वान र तेस्रो हुने दुई समूहलाई क्रमशः तीन,तीन लाख वन नगद राशि प्रदान गरिने भएको छ । त्यसैगरी महिलातर्फ प्रथम हुने समूहलाई एकलाख पचास हजार वन र दोसो समूहलाई ७५ हजार वन प्रदान गरिने भएको छ ।

प्रतियोगितासँगै सालैजो भाकाको म्याग्दीको ठेट लोक नृत्यसहित म्याग्दीकै पात्लेखेतको छिपेको रातो भालेको मासु, महभीरको घोर्ले खशीको मासु, मुदीको कोदोको तीनपाने रक्सी, म्याग्दी खोलाको असली माछाको सुकुटी सहति गुर्जाको आलुको तरकारी र सेलको स्वाद पनि चाख्न पाइने भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...