मगर समुदाय संकराई पर्वको तयारीमा
दीपा आले
काडमाण्डौ
अथार मगरात मगर प्रष्ठिानले यही साउन १ गते काठमाण्डौको थानकोटमा संकराई पर्व मनाउने तयारी गरेका छन् । प्रष्ठिानका अध्यक्ष बम कुमारी बुढामगरका अनुसार साउने संकराई पर्वमा मगर समुदायले खाने परिकारहरु, मगर नृत्य प्रस्तुत गरनका साथै विभिन्न खेलहरु खेल्ने छन् । त्यस दिन लुतो फयाक्ने कार्यक्रम पनि रहेको बताउनु भयो ।
विशेष गरी यो पर्व मनाउनुको कारण रितु परिवर्तनको अवसरमा नाचगान गर्ने, बाली खाने किराहरुलाई नास होस् भनेर पिठोले किराको प्रतिक बनाएर पुजा गर्ने चलन रहेकोजानकारी अध्यक्ष बुढामगरले जानकारीदिनु भयो । श्रावण १ गते देखि ६ महिनासम्म सोरटी, मारुनी, सिंगारु, कुरु, सुगै, जोरा, डांफे, घाटु, नसारु, जोकी लगायतको गीत गाई नृत्य गर्ने र ६ महिनासम्म नाच्न गाउन सकिने यो पर्वको मुख्य उद्देश्य रहेको बुढामगरको भनाई छ ।