काठमाडौँ, दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जाने मौका दिन लिदै आइरहेको कम्युटरमा आधारित परिक्षा (सिबिटी) परिक्षाको चौधौ संस्करण श्रावण महिनामा हुने भएको छ ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले श्रावण १९ गते देखि २१ गते परिक्षा आवेदन फारम भर्न सकिने जनाएको छ। परिक्षा तालिका घोषणा श्रावण २८ गते सार्वजनिक गर्ने र परिक्षा श्रावण ३२ गते हुने कोरिया शाखा ग्वार्कोले जानकारी दिएको छ। परिक्षाफल असोज ७ मा सार्वजनिक गरिने भएको छ ।
कोरियाबाट तीन बर्ष काम गरि फर्केका ३९ बर्ष नकटेका ब्यक्तीहरु मात्र सिबिटीमा सामेल हुन पाउदछन । मानब संशाधन बिकास (एचआरडी) कोरियाले सञ्चालन गर्ने कम्युटरमा आधारित परिक्षा (सिविटी)मा उत्पादनमुलक, कृषि तथा पशुपालन, निर्माण, मत्स्यपालन र सेवामुलक क्षेत्रमा काम गर्नका लागि फारम भर्न पाइन्छ । कोरियामा गैर कानुनी नबसेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाइएका ब्यक्तिहरु सिविटीका लागि योग्य हुन्छन् । सिविटीमा सामेल हुनका लागि कोरियाबाट फर्किँदा एलाइन्स रेजिष्ट्रेसन कार्ड कोरियाको अध्यागमनमा बुझाएको हुनुपर्दछ । सिबिटी परीक्षामा उतिर्ण कामदारलाई कोरिया जानका लागि प्राथमिकता हुने ईपिएस कार्यालयले बताउदै आएको छ ।
कोरियामा ३ बर्ष भन्दा बढी बसेर वैधानिक रुपमा फर्केका कामदारका लागि लिइने परीक्षा भएकोले कोरियामा अबैधानिक कामदार घटाउन प्रभावकारी हुने भन्दै कम्प्युटरमा आधारित विशेष परिक्षा (सिविटी) लिने गरिएको छ ।