सबैभन्दा धरै राशीको गुनसान नेपाली कप टुर्नामेन्टको टिम दर्ता शुरु
फोनिज कोरिया संवाददाता
सउल
दक्षिण कोरियाको हाल सम्मकै सबैभन्दा धेरै पुरस्कार राशी भएको गुनसान नेपाली कप २०१६ नामक फूटबल टुर्नामेन्टको टिम दर्ता यही जुलाई १० तारिखबाट शुरु भएको छ । तिम दर्ता अगष्ट २७ तारिखसम्म गरिने छ भने त्यसको भोलिपल्ट २८ तारिख टाई सिट सार्वजनिक गरिने छ ।
पहिलो विजेतालाई ३० लाख र दोस्रो हुनेलाई १५ लाख कोरियन वन पुरस्कार राखिएको यो टुर्नामेन्टको टिम दर्ता शुल्क भने ४ लाख वन राखिएको समाजका निर्देशक अशोक गुरुइ०ले बताए । साथै टुर्नामेन्टको दिन प्रत्येक खेलाडी टिम र दर्शकहरुलाई खानाको पनि व्यवसथा गरिने गुरुइ०ले थपे । त्यस्तै खेलाडीहरु मध्येबाट बेष्ट प्लेयर र हाई स्कोरको पुरस्कार पनि दिइने आयोजकले जनाएको छ ।
सो फूटबल टुर्नामेन्ट कोरियन पर्व छुसकको विदाको पहिलो दिन सेप्टेम्बर १४ तारिख गुन्सान शहरको ओसिक्दो दोंग (सेइ०ग्माल खोइ०वान ) मा खेलिने छ । झल्लाबुक्दोको गुन्सान नेपाली समाजले ओसिक्दो माइग्रेन्ट सेन्टरसंग मिलेर सो फूटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । गुन्सानमा रहेका नेपालीहरुवीच एकता कायम गर्ने उद्देश्यले गठित गुन्सान नेपाली समाजले विभिन्न अवसरमा मनोरञ्नात्मक कार्यक्र गर्दै आएता पनि यसपाली पहिलो पटक फूटबल प्रतियोगिता गर्न लागेको हो ।
कोरियामा रहेका सम्पूर्ण नेपाली फूटबल प्रेमीहरु लाई जमघट गराई नेपाली एकता र सद्भाव दर्शाउन फूटबल टुर्नामेन्टको आयोजना गर्न लागेको कुरा समाजका अध्यक्ष अशोक गुरुङ ले बताएका छन्। उक्त फूटबल टुर्नामेन्टमा कोरियाका सम्पूर्ण संघ संस्थाका फूटबल टिमलाई भाग लिनको लागि आयोजकले हार्दिक अनुरोध गरेका छन्।
खेल तालिका:
मिति: १४ सेप्टेम्बर, २०१६
समय: बिहान ८ बजे, बाट
दर्ता मिति: १० जुलाई बाट, २७ अगष्ट सम्म
टाई- सिट प्रकशित मिति: २८ अगष्ट
प्रथम पुरस्कार:- ३० लाख वन
दोस्रो पुरस्कार:-१५ लख वन
सम्पर्क:
अस्ध्यक्ष: अशोक गुरुङ-०१०३०९६२३०९
निर्देशक:-किम क्युङ्ग टाई:-०१०४६३३११२३
सचिब:- रिम चोचांगी पुन:- ०१०७२६३२०३३
दर्ता सोधपुछ:- अमित योङ्गहाङ्ग लिम्बु:- ०१०५९५४५६२३