वाट्सएप नेपाली तारा को गायन प्रतियोगितामा कोरियाबाट विनोद र सुरेन बान्तवा टप ८ मा छानिए
फोनिज कोरिया संवादाता
सउस
विश्वव्यापी अनलाईन गायन प्रतियोगिता वाट्सएप नेपाली ताराको टप ८ मा कोरियाबाट विनोद बान्तवा र सुरेन बान्तवा छानिएका छन् । विश्वभरीबाट सहभागी ४ सयबाट टप ४०,३०,२० र १३ हुदै पाँचौ चरणको छनौटमा उत्कृष्ट ८ जना मध्ये उनीहरु छानिएका हुन् । अब टप ५ छानिएपछि पहिलो दोस्रो र तेस्रो घोषणा हुनेछ ।
टप १३ मा निर्णायकले दिएको गीत विहान उठ्ने वितिकै विनोदको भागमा परेका थिए भने अलि अलि भन्दा भन्दै गीत सुरेनको भागमा परेको थियो । यसको निर्णायकहरुमा नेपालबाट मनोज सइ०सुन हइ०कइ०बाट सुमन राई र अमेरिकाबाट कुमार दुमी रहेका छन् ।
साहित्यमा कलम चलाउदै आएका विनोदको एक डि आर अटुको संगीतमा रेकर्ड समेत भइसकेका छन् । वाट्सएपले नै संचालन गर्दै आएको विश्व व्यापी अनलाइन हाम्रो प्रतिभा प्रतियोगितामा गायन तर्फ भ्वाइस अफ डे बन्न सफल भएपछि आफूलाई यो प्रतियोगितामा पनि जान हौसाएको विनोद बताउछन् ।
हालसम्म कुनै संगीतिक प्रशिक्षण नलिएका विनोद गीत धेरै पटक सुनेर नै गाउन थालेको बताउछन् । हाल कोरियामा रहेको गायक तथा संगीतकार रविन रेगम, गायक अर्जुन सुब्बा र उमेश मेवाहाइ० राईबाट आफूले गाइड लाइन पाएको विनोद बताउछन् । भोजपुर जिल्ला पातलेपानीका बासिन्दा कोरियामा इपिएस मार्फत काम गर्न आएको पनि ४ वर्ष ४ महिना भइसकेको छ ।