तमू धिँ कोरिया बनभोज र चलचित्र झुम्की प्रर्दशनी गर्ने तयारीमा
सम श्री
तमु धी दक्षिण कोरियाद्वारा आगामी अगस्त 13 र 14 तारिख आयोजना हुन् गैरहेको स्योकै(वनभोज)
कार्यक्रमको तयारि तीव्र रुपमा भैरहेको छ |विगतमा झैँ यो साल पनि तमुहरु बिचको एकता,भाइचारा अभिवृद्धि तथा मनोरन्जनको उद्देश्य राखी सामहिक रुपमा वनभोज जान लागिएको हो |यहि जुलाई 17 तारिख सउलको तुन्देमुनस्थित पुजा 2 रेस्टुरेन्टमा तमु धी का अध्यक्ष प्रदिप गुरुङको अध्यक्ष्यतामा सल्लाहाकारहरु सहित बसेको बैठकले भू पु अध्यक्ष तथा सलाहाकार सुरज गुरुङलाइ स्यो कै (वनभोज) कार्यक्रमको संयोजक तोकेको छ भने विभिन्न उपसमितिहरु पनि बनाइएको छ|
जस अनुसार गोलमान गुरुङको सयोजकत्वमा प्रदिप गुरुङ,भिम गुरुङ,प्रकाश गुरुङ,सुरज गुरुङ,एक गुरुङ,हिमांशु गुरुङ सहितको सरसामान खरिद तथा तर्जुमा उपसमिति, टोप गुरुङको संयोजकत्वमा ममिता गुरुङ सम्मीलित अर्थ तथा नामावली संकलन उपसमिति,बिनोद गुरुङको संयोजकत्वमा रोजन गुरंग,कृष्ण गुरुङ,देवी घले,रिता गुरुङ,रामकाजी गुरुङ रहेको खानपिन तयारि तथा व्यवस्थापन उप समिति,प्रितम गुरुंगको समोजकतवमा श्रीराम गुरुङ,मंजु गुरुङ,धन गुरुंग रहेको प्रचार प्रसार उप समिति बनाइएको छ भने बेल गुरुङको संयोजकत्वमा जुनु गुरुङ,लक्ष्मी गुरुङ,बुद्धि गुरुङ
रहेको अनुगमन उपसमिति बनाइएको छ \अरुण गुरुंगलाई कार्यक्रम अवधि भरको फोटो सेसन तथा भिडियो सुटिंग र विजय गुरुङलाइ साउण्ड सिस्टम कन्ट्रोलको जिम्मेवारी तोकिएको छ \
अगग्स्त 13 तारिख साझ 6 बजे र 9 बजे स्यो कै स्थलमा जानको लागि बसको व्यवस्था गरिनेछ \ 13 तारिख राति कोरियन परिकार बार्बिक्यु पार्टी सहित सांगीतिक मनोरन्जन हुनेछ \ जसमा मुख्य आकर्षण तमुहरुको पहिचान झल्किने रोधी बस्ने कार्यक्रम हुनेछ \ यस अन्तर्गत तमुहरुको मौलिक भाका सालैजो सहित लोकदोहोरीको घम्साघम्सी मुख्य रहनेछ \ सहभागी हरुले आ आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन \एकल र सामुहिक विभिन्न नृत्यहरु प्रस्तुत् हुनेछ |
भोलिपल्ट बिहानको खाजा पछि विभिन्न खेलकुदहरु फूटबल,म्युजिकल चेयर,घैटो फुटाउने,टग अफ वार लगायत प्रतियोगिता हुनेछ | बिहानको लागि विशुद्द नेपालि खाना तयार हुनेछ |खाना पछी नजिकै रहेको नदिमा जल बिहार र त्यसपछि सस्थाको बारेमा अन्तरक्रियात्मक छलफल सहित आगामी सेप्टेम्बर ४ मा धीले आयोजना गर्न गैरहेको नेपालि चलचित्र झुम्की को प्रचार प्रसार गरिनेछ |
चलचित्र झुम्की तमु धी को अर्को महत्वाकांक्षी योजना हो \ आपत कालिन राहतकोष वृद्धि तथा नेपालि
कला सस्कृतिको प्रवर्द्धनको उद्देश्य राखी प्रदर्शन गर्न लागिएको यस कार्यक्रमलाइ सफल पार्नको लागि विभिन्न संघ सस्थाहरुलाई निमन्त्रणा वितरण तथा प्रचार प्रसार तीव्र पारिएको छ \ स्यो कैको लागि नाम संकलन तथा झुम्की प्रवर्द्दन समेतको लागि कोरियाको विभिन्न शहरहरुमा रहेका तमुहरुलाइ निम्न बमोजिम जिम्मेवारी तोकिएको तमु धी दक्षिण कोरियाले जनाएको छ | जस अनुसार
१.सुवन एरिया:बुद्धि गुरुङ/010 4239 3305,बेल गुरुङ/010 9022 8282
२.किम्पू एरिया:रोहित गुरुङ/010 6468 7190,खोम प्रसाद गुरुङ/010 2511 1124
३.सउल एरिया:नविन गुरुङ/0109 471 4457,हिमांसु गुरुङ/010 2840,इन्द्र गुरुङ
४.जिन्छन एरिया:तेज गुरुङ/010 2637 4387,बिक्की गुरुङ/010 2154 7539
५.हाप्तोक एरिया:गुप्त गुरुङ/ 010 5943 3599
६.ख्वंग्जु,गोंजियम,इछन एरिया:श्रीराम गुरुङ/010 8681 5297
७.मासक एरिया:क्षेत्र गुरुङ/010 6381 4741
स्यो कै प्रवेश शुल्क पुरुष प्रति व्यक्ति 70,000 वन प्रति व्यक्ति महिला 50,000 वन तोकिएको छ \ प्रवेश शुल्क टोप गरूंगको IBK बैंकको खाता नम्बर:221-291873-02-017 मा जम्मा गरि उहालाई फोन नम्ब 010 2117 4635 मा सम्पर्क
गरि कन्फरमेशन सहित नाम टिपाउन अनुरोध गरिएको छ |विविध व्यवस्थापकीय कार्यहरु तर्जुमा गर्नु पर्ने हुदा अगस्त 7 भित्र स्यो कै जाने महानुभावहरुले नाम दर्ता गर्न सुचित गरिएको छ \
स्योकै (वन भोज) जाने स्थल:
마루산펜션 : 경기도 가평군 가평읍 읍내5리 80-2번지
사업자등록번호: 101-08-61285 대표: 권태혁