१० औं विश्व तेक्वान्दो प्रतियोगितामा नेपालीले हासिल गरे दोस्रो स्थान


सोल-तेक्वान्दो कल्चर एक्स्पो (10th TAEKWONDO CULTURE EXPO) मा दुर्गामान तामाङले तेक्वान्दोको दुई विधा अन्तर्गत स्पाईरिङमा दोस्रो र पुम्से तर्फ तेस्रो स्थान हात पार्न सफल भए ।

कोरियाको मुजुमा जुलाई ७ देखि १९ सम्म सञ्चालित १० औं तेक्वान्दो कल्चर एक्स्पोमा२५ वर्ष देखी ३५ वर्षसम्मका विश्वका ३२ राष्ट्रका तेक्वान्दो खेलाडीहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा नेपालबाट नेपाली प्रशिक्षक अशोक खड्काको नेतृत्वमा तामाङले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए ।

रोजगार अनुमती प्रणाली (EPS)बाट सन २०१२ मा कोरिया प्रवेश गरेका तामाङले तेक्वान्दोप्रतिको तिव्र ईच्छा र चाहनाले गर्दा कोरियाको १२ घण्टा काम गरेर भए पनि राती ९ बजे देखि १० बजे सम्म ईन्छ्नस्थित यन्मु डोजाङमा ३वर्ष तालिम समेत प्राप्त गरि सकेका उनले सन् २०१२ मा दोस्रो डान र सन् २०१४ मा तेस्रो डान समेत प्राप्त गर्न सफल भएका छन ।

काशीखण्ड नगरपालिका २ , काभ्रेमा बुबा नर बहादुर तामाङ र आमा सुन्तली तामाङको एक्लो सन्तान तामाङले नेपालमै वि.स. २०६२ सालबाटै तेक्वान्दो खेल्न सुरु गरेका थिए ।कालोपेटी डान नेपालमै प्राप्त गरि सकेका उनले बालकुमारी तेक्वान्दो डोजाङमा प्रशिक्षक भएर काम गर्दा गर्दै कोरिया प्रवेश गरेको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सुवनको मेगाबक्समा नोभेम्बर १०मा छक्का पन्जा–५ प्रदर्शन हुने
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...