भूकम्प पिडित राहतकोष स्थापनार्थ कोरियामा कन्सर्ट हुँदै
फोनिज कोरिया संवाददाता सोल-भूकम्प पिडित राहतकोष स्थापनार्थ कोरियामा बिश्व चर्चित कोरियन गायक साइ लगायत अन्य चर्चित कलाकारहरुको टोली सहित भव्य कन्सर्ट हुने भएको छ ।सो कन्सर्टमा कोरियामा स्थापित नेपाली व्याण्ड सुनाखरी ब्याण्डले पनि आफनो प्रस्तुति दिने भएको छ ।
SCENEMIGOWO(Solidarity Center of Nepalese Migrant workers) को आयोजनामा यहि मे १६ र १७ तारिख साँझ 7-9 बजे सम्म माफोगु हाब्जङदोङ ४१२-२६ बन्जी(마포구 합정동 412-26 번지 2 증) दोश्रो तालामा हुनेछ ।
उक्त कन्सर्टमा कोरियाको तर्फबाट किम मोक इन , छङ मिन आ , सन जी यन, सिवा , साइ( खाङन्नाम स्टाइल ) यन यंङ सक र नेपालको तर्फबाट सुनाखरी ब्याण्डले आफ्नो प्रस्तुति दिने भएकाछन् l