३ जना कोरियन स्कुले बच्चामा एक जनाले यौंन संबन्ध राख्छन्
सोल -पाश्चत्य जगतमा यौंनलाई सामान्य रुपमा लिईन्छ ।पुर्वीय दर्शन र समाजमा अझैं पनि यौंनलाई हेर्ने दृष्टिकोण संकुचित रहेको पाईन्छ ।त्यसमा पनि नेपाली परिवेशको कुरा गर्नु पर्दा समाजमा यौंनको कुरा खुलेर बहस समेत हुन सक्दैंन्, तर एसियाली मुलुक दक्षिण कोरियामा ३ जना स्कुले बच्चामा १ जनाले यौंन संबन्ध राख्छन् भन्दा आश्चर्य मान्नु पर्दैंन ।
सामसुंग मेडिकल सेन्टरका चोई दु सेईक र दोंग युनले मिडल तथा हाईस्कुलका सय जना विधार्थीमा यौंन संबन्धको बारेमा अनुसन्धान गरेको थिए भने उनीहरुले सन २००८ देखि २०१२ सम्मको यौंन रोग नियन्त्रण तथा रोकथाम विभागको अनलाईन तथ्यांक अध्ययन गरेका थिए ।
जसमा ३ लाख ७३ हजार ४ सय युवायुवतीहरु मध्यमा १ लाख ९३ हजार ४ सय केटा र १ लाख ८० हजार केटीमा २ हजार ३ सय ६ अर्थात ०.६ प्रतिशतले चुम्बन,समलिंगी यौंनसंबन्ध राखेको बताएका थिए ।जसमा १३ सय ६० केटा र ९सय ४६ केटी रहेका थिए ।
३४.१ प्रतिशतले विपरित यौंन संबन्ध राखेको बताएका थिए ।जसमा केटी ३७.४ प्रतिशत,केटा ३१.२ प्रतिशत रहेका थिए ।