मोक्फो चौतारीले जित्यो ख्वाइ०जुको भलिबल खेल
फोनिज कोरिया संवाददाता
सउल
सामुदायिक सेवा केन्द्र ख्वान्जुको आयोजनामा आइतबार भएको भलिबल प्रतियोगितामा मोक्फो चौतारी भलिबल क्लब (एमसीभीसी) ए ले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ । फाइनलमा पुगेका सामुदायिक सेवा केन्द्र ख्वान्जुको ए टिमलाई पराजित गरी एमसीभिसीले ५ लाख कोरियन वन, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
साथै प्रतियोगितामा एफसीभीसी कै सुशान्त सिन्जाली म्यान अफ द म्याच बन्न सफल भएका छन् । सिन्जाली नेपालबाट आएको १८ दिन मात्रै भएको प्रशिक्षक अरुण सेजवालले जनाएको छ । ख्यान्जुद्धारा आयोजित यो वर्षको पाँचो भलिबल खेल प्रतियोतितामा एसीभीसीले दोस्रोपटक सहभागिता जनाएको हो ।