” कान्छु” कविता
हिमालको बाटो हुदै
बादलको धरातलमा टेक्दै
निलो गगनमा छिरेर
पुर्णिमाको रातमा
टहटह उदाउने चन्द्रमाको मुस्कान चोरेर
तिम्रो ओठमा छर्न चाहन्छु ।प्रिय कान्छु,
म,
अजंगको पहाड उक्लदै
अकबरे भिरमा झुण्डिएर
भिमकाय रुखमा फूल्ने
रक्ताम्मे ति गुरासका रंगहरु खोसेर
तिम्रो सिउदो भर्न चाहन्छु ।
साच्चि कान्छु
म,
सागरको बाफ जस्तै
बादल बनि पहाडमा ठोक्किएर
सुनौलो घामको किरणमाथि
पानी बनि बर्षिएर
बनेको ईन्द्रेणीको
सप्तरंगी टिपेर
तिम्रो जीवन रंगाउन चाहन्छु ।
हो कान्छु
म,
तिम्रो सबै जीवनको
आशु सागरमा बगाएर
संसारको सबै
सुख खुशीहरु बटुलेर
तिमीलाई मेरो अंगालोमा
जिन्दगी भर बाधेर
सधै भरी हसाउन चाहन्छु ।
कान्छु,
म तिमीलाई
साच्चि
यति माया गर्छु की !
यति मन पराउछु की !
यति चाहन्छु की !
मेरो मन
मेरो तन
मेरो धड्कन
सबै तिम्रो पर्याया बनेको छ ।